• झापाको शिवसताक्षी नगरपालिका–१० मा रहेको दोमुखा क्षेत्र आकर्षक गन्तव्य बनेको छ । अहिले यहाँ क्षेत्रमा दैनिक वनभोजका लागि दुई हजार ५०० बढी आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् ।

    इलामको महमाई नगरपालिकासँग सीमा जोडिएको सो क्षेत्रमा देखिने हरिया चुरे पहाड, कनकाई नदीमा ड्यामबाट झरेको पानी, नदी किनारमा रहेको समथल भू–भागमा बनाएको कृत्रिम उद्यान नै पर्यटकका लागि थप आकर्षणका केन्द्र हुन् ।

    विशेषगरी मङ्सिर, पुस, माघ र फागुन महिना वनभोजको महिना भएको हुँदा दैनिक आन्तरिक तथा बाह्य गरी दुई हजार ५०० पर्यटक आउने गरेको दोमुखा धार्मिक तथा पर्यटकीय विकास क्षेत्रका अध्यक्ष धनबहादुर लावतीले जानकारी दिए ।

    पूर्वपश्चिम राजमार्गको माईधार चोकबाट करीब चार किलोमिटर उत्तर रहेको सो क्षेत्रमा नगरभित्रकै सबैभन्दा सुविधासम्पन्न होटलसहित ठूला–साना गरी आधा दर्जन होटल सञ्चालनमा छन् । होटलमा कनकाई नदीमा पाइने माछा, घुँगी, गङ्गटाहरुसमेत पाइने गरेको छ ।

    झापाका अन्य पर्यटकीय क्षेत्रभन्दा पृथक रहेको सलल बग्ने कनकाई नदी किनारमा रहेको यस सुन्दर पर्यटकीय क्षेत्रको पर्यापर्यटन विकासका लागि थप पूवधार निर्माण गर्न सङ्घीय र स्थानीय सरकारले चालू आर्थिक वर्षमा रु ४०÷४० लाख रकम विनियोजन गरेका छन् ।

    रु २३ करोड लगानीमा सो क्षेत्रको पर्यापर्यटन पूर्वाधार विकास अगाडि बढेको छ । उद्यानमा जिल्लामा रहेका विभिन्न जातजातिका पहिचान झल्कने सामग्री राखिने छ । नदीकै काखमा रहेको यस क्षेत्रमा फिसिङ गर्न चाहनेका लागि व्यवस्था गर्न सक्ने हो यसले जिल्लामै छुट्टै पहिचान बनाएर आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्न सक्ने अध्यक्ष लावतीले बताए ।
    रासस

     

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…