• काठमाडौं उपसभामुख शिवमाया तुम्बाहाङ्फेले नेकपा सचिवालयले राजीनामा दिन गरेको निर्देशन नमान्ने बताउँदै अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई निर्णय फिर्ता लिन भनेकी छन्। आइतबार बिहान बालुवाटारमा उपसभामुख तुम्बाहाङ्फेलाई बोलाएर अध्यक्षद्वयले राजीनामा गर्न निर्देशन दिएका थिए। सो बैठकमा महासचिव विष्णु पौडेलको पनि उपस्थिति थियो।

    बैठकमा शनिबार सचिवालय बैठकले गरेको निर्णयबारे उपसभामुखले चासो राखेकी थिइन्। उनले निर्णयमा कसको हस्ताक्षर छ भनेर सोधेकी थिइन्। जवाफमा महासचिव पौडेलले उपसभामुखलाई राजीनामा गराउने भनेर सचिवालयले गरेको निर्णयमा आफ्नो हस्ताक्षर रहेको बताएका थिए। त्यसपछि तुम्बाहाङ्फेले, ’तपाईंको निर्णय तपाईं नै फिर्ता लैजानुस,’ भनेकी थिइन्।

    उपसभामुखले बैठकमा आफूले राजीनामा नदिने जानकारी गराएको बताइन्। उनले आफूलाई सभामुख बनाउने निश्चित नगरेसम्म उपसभामुखबाट राजीनामा नगर्ने बरु संसद बैठक संचालन गरेर सभामुख निर्वाचनको कार्यतालिका अगाडि बढाउने बताएको दाबी गरेकी छिन्। बाहिर निर्देशन वा जे भनेर आएपनि सचिवालयले भने संविधानको व्यवस्था बमोजिम सभामुख नेकपाले पाउने वातावरण बनाउनका लागि राजीनामा गराउने कुरा भएको दाहालले उपसभामुखलाई बताएका थिए।

    तुम्बाहाङ्फेले राजीनामा नदिने अडान लिएपछि अध्यक्षद्वयले प्रतिनिधिसभाको बैठक माघ ६ गतेसम्मका लागि स्थगित गर्न उपसभामुखलाई नै निर्देशन दिएका थिए। बालुवाटार बैठकबाट बाहिरिएसँगै उपसभामुखले सूचना टाँस गरेर संसद बैठक स्थगित गरेकी थिइन्।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…