• झापा । झापाको विर्तामोडमा १० रुपैयाँमा दैनिक शाकाहारी खाना पाइदै आएकोमा शनिबारबाट भद्रपुरमा समेत यो व्यवस्था शुरु गरिएको छ । स्थानीय व्यवसायी तथा समाजसेवी सुबोध कोठारीको पहलमा भद्रपुर ५ स्थित प्रेरणा ट्रेडर्स अगाडी १० रुपैयाँमै शुद्ध शाकाहारी खानाको व्यवस्था मिलाइएको हो ।

    यो व्यवस्था हप्ताको दुई दिन बुधबार र शनिबार बिहान ९ देखि दिउँसो १२ बजेसम्म खाना खुवाउन शुरु गरिएको कोठारीले बताए । हर हर महादेव सेवा नै धर्म ठानेर यो व्यवस्था सञ्चालनमा ल्याएको उनले जनाए । सबैको सहयोग र साथ रहेसम्म कार्यक्रमलाई निरन्तरता दिँदै लैजाने लक्ष्य रहेको उनले बताए । अभियानमा स्थानीय व्यवसायी दिलीप वंशल, नन्दु सरावगी, ब्रह्मदेव अग्रवाल, विनय गोयल, मनोज श्रेष्ठ, शिवु गुप्ता लगायतले सहयोग गर्ने जनाएका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…