• काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले सरकारले राष्ट्रिय एकता दिवस मनाउँन कन्जुस्याइँ गरेको आरोप लगाएका छन् । एकता दिवस तथा पृथ्वीनारायण शाहको जन्म जयन्तीको अवसरमा काठमाडौंमा आयोजित चियापान कार्यक्रममा बोल्दै उनले उक्त कुरा बताएका हुन् ।

    'सरकारले पृथ्यीजयन्तीका दिन सार्वजनिक बिदा कटौती गरेर ठूलो भूल गरेको छ', उनले भने । ‘राष्ट्रय एकता दिवस मनाउँनको लागि सरकारी तवरबाट विभिन्‍न कार्यक्रम भएका छन् । तर, सरकारले सार्वजनिक बिदा कटौती गर्‍यो,’ उनले भने, ‘त्यसैले नेपाल कम्युनिष्ट पार्टीको बहुमतको सरकार र विशेषत प्रधानमन्त्री केपी शर्मा ओलीले त्यस विषयमा ध्यान दिन आवश्यक छ ।’

    राष्ट्रिय एकीकरण एउटा राजनीतिक दल र व्यवस्थासँग मात्रै सम्बन्धित नभएको उनको भनाई थियो । 'राष्ट्र निर्माताको योगदानबारे विगतमा केही भ्रम थिए । केही नकारात्मक सोच थिए । अहिले प्रायः सबै राजनीतिक दल र नेताहरूले पृथ्वीनारायण शाहको योगदानलाई सकारात्मकरूपमा लिनु भएको छ', उनले भने ।

    सरकारले पनि राष्ट्रिय एकता दिवासलाई राष्ट्रिय दिवसका रूपमा मनाउन र पृथ्वीनारायणको तस्बिरलाई नोटमा अंकित गर्नुपर्ने धारणा व्यक्त गरे । सरकारी स्तरबाट राष्ट्रिय पर्वकारूपमा नमनाइए पनि जनस्तरमा भव्यरूपमा मनाइँदै आएको उनको बताए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…