• इटहरी । नेपाल एकिकरण गर्ने राजा पृथ्वीनारायण शाहलाई आधुनिक पुस्ताले समेत सम्झिएको छ ।

    सुनसरीको इटहरीमा पुर्वराजा पृथ्वीनारायण शाहको जन्मजयन्ती भव्य कार्यक्रम आयोजना गरी मनाईएको छ । नेपाल एकीकरण गर्ने शाहप्रति सम्मान गर्दै पृथ्वी जयन्ती मनाइएको हो । पृथ्वी जयन्ती मनाउन बनाइएको समितिले इटहरी चोकमा ¥याली समेत आयोजना गर्यो । ¥याली पछिको कार्यक्रममा बत्ताहरुले शाहको योगदानका बारेमा चर्चा गरेका थिए । ¥यालीमा पृथ्वी नारायण शाहको भेषभुषामा स्थानीयलाई सहभागी गराइएको थियो ।

    कार्यक्रममा सहभागीहरुले उनीसँग फोटो खिँचाएका थिए । अघिल्ला वर्षहरुसम्म कोठाभित्र आयोजना गर्ने गरिएको पृथ्वी जयन्ती यो वर्ष भने खुल्ला सडकमा गरिएको छ । कार्यक्रममा इटहरीवासीको बाक्लो उपस्थिती रहेको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…