• पुष्कर खड्का
    रामेछाप - नेपाल कम्युनिष्ट पार्टी नेकपाको मन्थली नगरपालिका नगर संगठन कमिटीले सबै वडा संगठन कमिटीलाई पुर्णता दिएको छ । नगर संगठन कमिटीले नगरपालिकाको १४ वटै वडामा २९ सदस्यि वडा संगठन कमिटी र १४ सदस्यि सल्लाहाकार परिषद कमिटी गठन गरिएको मन्थली नगरसंगठन कमिटीका सदस्य रामबाबु घिमिरेले जानकारी दिए ।

    उनका अनुसार बवै वडाहरुमा पार्टीको विधान अनुसार ३ सदस्यि वडा संगठन कमिटी र ९ सदस्यि वडा सचिवालय कमिटी गठन गरी घोषणा गरिएको छ । नेकपा मन्थली नगर संगठन कमिटीले वडा नं १ मन्थलीमा अध्यक्ष युवराज सुवेदी र सचिव रामकुमार श्रेष्ठ , वडा नं २ कठजोरमा अध्यक्ष कुङ्घलाल तामाङ र सचिव महेश्वर प्रसाद सुवेदी , वडा नं ३ कठजोरमामा अध्यक्षमा कृष्ण गोपाल थापा र सचिवमा रमेश बरुवाल , वडा नं ४ सालुमा अध्यक्ष राम कुमार श्रेष्ठ र सचिवमा श्याम बहादुर खड्का रहेको २९ सदस्यि वडा संगठन कमिटी बनाएको छ ।



    त्यस्तै वडा नं ५ सुनारपानीमा पहलमान कार्की अध्यक्ष र रविन कार्की सचिव , वडा नं ६ भलुवाजोरमा कृष्ण बहादुर थापा अध्यक्ष , गणेश माझी सचिव ,वडा नं ७ भटौलीमा कमल बहादुर खड्का अध्यक्ष , प्रकाश बुढाथोकी सचिव र वडा नं ८ चिसापानीमा भुवन कुमार श्रेष्ठ अध्यक्ष र श्याम राज श्रेष्ठ सचिव रहेको वडा संगठन कमिटी गठन गरेको छ ।

    त्यसैगरी वडा नं ९ पुरानागाउँमा मान प्रसाद श्रेष्ठ अध्यक्ष , रमेश यसमाली मगर सचिव , वडा नं १० चनखुमा राजेश बोहोरा अध्यक्ष , कृष्ण बहादुर चौहान सचिव , वडा नं ११ गेलुमा अजय पुलामी मगर अध्यक्ष , अनिल घिसिङ सचिव , वडा नं १२ गेलुमा भोज बहादुर कार्की अध्यक्ष , मिन बहादुर खड्का सचिव , वडा नं १३ फुलासीमा बाबुराम पुलामी मगर अध्यक्ष र राजेन्द्र कार्की सचिव त्यस्तै वडा नं १४ फुलासीमा राम बहादुर तामाङ अध्यक्ष र भिम बहादुर तामाङ सचिव रहेको वडा संगठन कमिटी गठन गरी सवै वडाका पदाधिकारीहरुलाई पद तथा गोपनियताको सपथ ग्रहन गराइएको मन्थली नगरसंगठन कमिटीका सदस्य रामबाबु घिमिरेले जानकारी दिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…