• बेलबारी । मोरङको केराबारी वडा नम्बर २ सिंहदेबी फाङ्दुवाका नेत्रहिन बालिकाहरुको तस्तिर सहितको समाचार सार्बजनिक भएपछि यतिबेला उनीहरुलाई सहयोगको ओईरो लाग्न थालेको छ ।

    पुषको जाडो,न त शरिर ढाक्ने कपडा , न त भोक मेटाउने खानेकुरा नै ,देख्दै टिठलाग्दो अबस्थामा मोरङको केराबारीमा दुई बालिकाहरु भौतारिरहेको बारेमा लेटाङकी शान्ति पाख्रिनले सामाजिक सञ्जालमा तस्विर सार्बजनिक गरेपछि बेतना दैनिकले सोही बिषयको समाचारलाई प्राथमिकताका साथ सार्बजनिक गरेको थियो ।

    ती बालिकाहरुका बुबाको मृत्य भईसकेको छ भने आमा आखा देख्दिन्न । खान लाउन त समस्या छदैछ, जाडोमा उनीहरु एकसरो लुगाको भरमा बस्न बाध्य भएका थिए । उनी दुबैजना आँखा राम्रोसँग देख्दैनन् उनहरुकी एकजना दिदि पनि छन् उनी पुरै अपांग छिन । उनीहरुको परिवार पिडामा रहेका छन ।

    यसैबिच सहयोगी मनका धनीहरु सो स्थानमा पुगेर सहयोग समेत गरेका छन । केराबारी गाउँपालिकाको उपाध्यक्ष शान्ति भुजेल।वडा नम्बर २ का वडाअध्यक्ष प्रेम लिम्बू,वडा नम्बर ८ का अध्यक्ष मनोज खड्का लगायतको उपस्थितिमा सहयोग समिति समेत गठन गरिएको छ । समितिको संयोजकमा शान्ति प्राख्रिन( लामा) सह संयोजक दिपक न्यौपाने,सदस्यहरुमा दुर्गामाया राई , मिलन राई ,युवराज ठकुरी लगायत चयन भएका छन । उनीहरुलाई यतिबेला देश तथा बिदेशबाट सहयोगी मन भएकाहरुले आर्थिक लगायत अन्य सहयोग गरिरहेका छन ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…