सौतेनी आमासँग मिलेर एकजनाले वृद्ध बाबुको हत्या गरेका छन् । भोजपुर नगरपालिका–११ आम्तेकका ६५ वर्षीय हरिबहादुर राईले ५६ वर्षीया कान्छी आमा कर्णशोभा राईसँग मिलेर ८८ वर्षीय बाबु दलबहादुर राईको हत्या गरेको प्रहरीले बताएको छ ।
कान्छी आमा कर्णशोभासँग अवैध सम्बन्धमा रहेका राईले गत असोज २५ गते बाबु दलबहादुरलाई घाँटी थिची हत्या गरी सोही आम्तेकको टारबारीस्थित स्थानीय सोहन खोलामा फ्याँकेको प्रहरीले जनाएको छ । अभियुक्त हरिबहादुर र कर्णशोभाले स्थानीय सन्तोष विक र नारायण विकलाई ५ हजार रुपैयाँ दिएर दलबहादुरको शव डोकोमा हाली खोलामा फ्याँक्न लगाएको जिल्ला प्रहरी कार्यालय भोजपुरका डिएसपी नरबहादुर सलामी मगरले बताए ।