•  

    काठमाडौ । यले सम्वत ५०८० नयाँ बर्ष मनाउन किरात राई यायोक्खाले काठमाडौको राष्ट्रिय सभागृहमा अन्तिम तयारी भइरहेको छ ।

    यायोक्खाले यो बर्ष भव्य उत्सवको रुपमा यले सम्वत मनाउने तयारी गर्दैछ । माघ १ गते राष्ट्रिय सभागृहमा हुने कार्यक्रमको लागि सजावटको साथै, ब्यानरिङ, झण्डा गाड्ने कामको साथै उपस्थित सहभागिको लागि एक हजार सेल रोटी पकाइने यायोक्खा केन्द्रीय उपाध्यक्ष टिकासरी राईले बताइन ।सहभागीहरुलाई घरपालुवा बँदेलको मासु र गुद्रुकको अचारको साथै तरुल उसिनेर खुवाइने व्यवस्था हुँदै आएको छ ।

    त्यसको लागि यायोक्खाले निम्तो कार्ड, पत्र तथा अडियो भिडियो मार्फत शुभकामनाको साथै निम्तो गर्दै आएको छ ।



    कार्यक्रमको लागि आजै सिक्किमको निवर्तमान मुख्यमन्त्री डा. पवन चाम्लिङ आजै काठमाडौ आइपुग्ने यायोक्खा केन्द्रीय उपाध्यक्ष जीवन हाताचो राईले बताए ।

    किराँती यले सम्वत नयाँ वर्षको अवसरमा यायोक्खाले सिक्किमका निवर्तमान मुख्यमन्त्री चाम्लिङलाई "हाङ यलम्बर स्मृति सम्मान पुरस्कार ५०८०"ले सम्मान गर्दैछ । पुरस्कार राशी २ लाख २२ हजार २२२ रुपैयाँ रहेको छ ।

    प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको प्रमुख आतिथ्यमा हुने कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको अध्यक्ष दिवस राईले बताए ।

    पर्सि माघ १ गते १ बजे हुने कार्यक्रममा सहभागी हुन राजधानीवासी समुदायलाई महासचिव जनक राईले आव्हान गरेका छ्न ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…