बेलबारी । बेलबारीमा रहेको नापी कार्यलयका कर्मचारीहरु घुस बिना काम नै गर्दैनन र सो कार्यलय घुसको अखडा नै भएको सेवाग्राहीहरुले गुनासो गरिरहेका बेला सोही कार्यलयमा कार्यरत सर्बेक्षक दिनेश कुमार साह घुस रकम सहित रंगेहात पक्राउ परेका छन ।
साहलाई ७ हजार घूस रकम लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यलय इटहरीको टोलीले रंगेहात पक्राउ गरेको छ । सोमबार दिउँसो बेलवारी १० भाउन्ने स्थित पदमबहादुर श्रेष्ठको जग्गा नापी गरी सिमाङ्कन गर्न आएका साहलाई सेवाग्राही नरबहादुर तामाङसँग उक्त घूस रकम लिँदै गर्दा पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीका निमित्त कार्यालय प्रमुख उपसचिव ज्ञानेन्द्र ढकालले जानकारी दिएका छन ।