• काठमाडौं, २८ पुस । पैदलयात्रीले ट्राफिक नियम उल्लंघन गरेर जथाभावी बाटो काटिरहनु भएको छ, तोकिएको जेब्राक्रसबाट बाटो काट्नु भएको छैन, आकाशे पुल प्रयोग गर्नु भएको छैन भन्ने अब सचेत रहनुहोला ।

    ट्राफिक प्रहरीले अब तपाईलाई त्यतिकै छाड्नेवाला छैनन् । अब तपाई पैदलयात्रीले पनि मादकपदार्थ सेवन गर्ने र ट्राफिक नियम उल्लंघन गर्नेलेजस्तै ट्राफिक नियमसम्बन्धी सचेतना कक्षा लिनुपर्ने छ ।

    ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालका अनुसार पैदलयात्रीले बाटोमा हिँड्दा र बाटो काट्दा ट्राफिक नियम पालना नगरे त्यस्ता बटुवालाई समातेर २० मिनेटको कक्षा लिनुपर्ने व्यवस्था आजदेखि शुरू गरेका हौँ ।

    सचेतना कक्षामा सडक सुरक्षा र ट्राफिक नियमबारे सिकाइनेछ, साथै ऊनीहरूकै माध्यमवाट घरघरमा सचेतनाको लागि पर्चा पम्पलेट समेत वितरण गरिएको छ ।

    महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवन कुमार श्रेष्ठले भन्नुभयो - ‘ट्राफिक नियम पालना नगरी जेब्राक्रस र आकाशे पुल प्रयोग नगर्ने पैदलयात्रीलाई ट्राफिक नियमबारे सचेतना कक्षा हाललाई भोटाहिटी र वीर अस्पताल अगाडी सञ्चालन गरेका छौँ । क्रमश: अन्य स्थानहरूमा पनि यो अभियान सञ्चालन हुनेछ ।’

    ट्राफिक प्रहरीले समाते भने कक्षा नलिइ आफ्नो काममा पैदलयात्री जान पाउने छैनन् । आजमात्रै करिव १००० पैदलयात्रीलाइ सचेतना कक्षा दिईएको छ ।

    ट्राफिक प्रहरीले उपत्यकामा दुर्घटनामा पैदलयात्रीको धेरै ज्यान जान थालेपछि नै ‘ट्राफिक उज्यालो अभियान’ अन्तर्गत पैदलयात्री सुरक्षा अभियान नै सञ्चालन गरिएको हो ।

    उपत्यकाको ट्राफिक व्यवस्थापन तथा पैदलयात्रीले जथाभावी वाटो काट्दा हुने सवारी जाम हटाउनको लागि पनि यो अभियान प्रभावकारी देखिन्छ ।

    साथै ट्राफिक एफ.एम.९५.५ मेघाहर्जवाट पनि नियमित रूपमा पैदलयात्रीहरूले सडक प्रयोग गर्दा ध्यान पुर्या्उनुपर्ने कुराहरूलाई जानकारीमूलक कार्यक्रम तथा अनुरोधहरूसमेत प्रसारण गरिरहेको छ ।

    यस आर्थिक वर्ष मात्रै उपत्यकामा ७६ मध्ये ३२ जना पैदलयात्रीको सवारी दुर्घटनामा ज्यान गएको छ । गत वर्ष भने २५४ मध्ये ९३ जना पैदलयात्रीको सवारी दुर्घटनामा ज्यान गएको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…