संसद सचिवालयकी कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेर तत्कालीन सभामुख कृष्णबहादुर महराले असोज १४ मा राजीनामा दिएपछि प्रतिनिधिसभा सभामुखविहीन छ । बकेर्नो गाईलाई विस्थापित गरी लकेर्नो गाईलाई स्थान दिने सहमती के कम भयो ? प्रतिनिधिसभा सभामुखविहीन भएको चार महिना बितिसक्दा पनि सत्तारूढ नेकपाका नेताहरूले साझा उम्मेदवार तय गर्न नसकेपछि देशको प्रमुख अङ्ग सभामुख चयनको विषय झन् सकसपूर्ण बनेको छ ।
पार्टी हित र आफ्नो स्वार्थहितको लागि देशलाइ नै बन्दगी राखेर चलखेल सरकारबादीले र प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले गर्नु कति सम्म लोकतान्त्रिक हुन्छ भन्ने कुरा हेक्का नभएको लागेको छ। बारम्बार छलफल गरेर पनि टुंगोमा पुग्न सकेन भन्नू हास्यास्पद कुरा हो।
अध्यक्षद्वयबीच कुरा नमिलेकै कारण संसद्को बैठक झन्डै एक महिनादेखि स्थगित भएको छ ।आफ्नो अनुकूलता भएन भनेर देशलाइ नै अन्योलमा पार्न कुनै पनि पद्धतिले दिदैन। एकतापूर्व पार्टी गठबन्धनमा रहेका एमाले र माओवादी केन्द्रले राष्ट्रपति, प्रधानमन्त्री र राष्ट्रिय सभा अध्यक्ष एमालेलाई, उपराष्ट्रपति र सभामुख माओवादीलाई भागबन्डा गरेका थिए । उता आरोप लगाउनु हुन्छ प्रधानमन्त्री ओलीले तत्कालीन सभामुख महराले सरकारका कतिपय काममा सघाउ नपुर्याएको र अहिले सरकारले गर्नुपर्ने काम धेरै रहेको भन्दै सभामुख आफूअनुकूल व्यक्तिलाई बनाउन खोजिरहेका छन् ।के पार्टी एकता नौ टंकी मात्रै थियो र ? एमाले र माओवादी त अहिले पुर्ण हटेर नेकपा भएको होइन र?
जब तपाईले नै आफ्नो कामलाई कम मूल्यांकन गर्नुहुन्छ, भने संसारले पनि तपाईंलाई कम महत्त्व दिनेछ।
पूर्वमाओवादी नेताहरूले सभामुख कुनै पनि हालतमा पूर्वएमालेलाई नसुम्पिने र पुर्बएमाले लाई पनि सभामुख नभै नहुने हो भने पार्टीको एकता अङ्ग कति धरातलमा रहेको छ भन्ने कुरा स्पष्टता भएको छ। अनुसन्धानको रूपमा दुध दुहुन के तयारी हुँदै थियो, लकेर्नो भनिएको गाईले लात्तिपो हान्न थाल्यो। लोकतन्त्र सुसासन समृद्धिको नारा जति रगटे पनि जब व्यवहारिक हुदैन तब सम्म “किन यस्तो भयो भनेर बुज्रुकहरूले पछाडी के हेर्न गएका थिए गाईको अनुहार भएको गोरू पो देख्ने छन”।
उता प्रतिपक्षी मुकदर्शक भएको छ यता सरकार सभामुख बिहिन छ। जनता कर तिर्न ब्यस्त छन। समृद्धि सपनाको भारी बोकेर कति दिन जिउने ? पुर्बसभामुखको गल्ती पूरा बहुमत लागेर एक जना महिलाकाे पछाडी लागेर बलिको बाख्रो बनाउदै छन। नियमन गरौ व्यक्ति पार्टी गुट त्यागेर समग्र राष्ट्रको लागि काम गरौ ।