• विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलेमन्त्रिमण्डल विस्तारको खाकालाई अन्तिम रुप दिएका छन । । श्रोतका अनुसार मुख्यमन्त्री राईले मन्त्रीहरुको संख्या १० पुर्याउने तयारी गरेका छन ।

    जसमा एक महिला रहनेछिन् । सम्भावित नयाँ मन्त्रीहरुमा इलामका रामबहादुर मगर भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्री र अन्य चार जना राज्यमन्त्री थपिने उल्लेख छ । कला घले, अम्बिरबहादुर गुरुङ, झलकसिंह दर्लामी, रामकुमार राई र विजय विश्वास सहित ५ जना थपिने भएका हुन् । उदयपुरकी घले सामाजिक विकास राज्यमन्त्री, ओखलढुंगाका गुरुङ भौतिक पूर्वाधार राज्यमन्त्री बन्ने निश्चित भएको छ ।

    बाँकी दुई राज्यमन्त्रीको दौडमा रहेका झापाका दर्लामी र मोरङका विश्वास अगाडि रहेका छन् । यी दुई जना पूर्वमाओवादीका हुन् । खोटाङका रामकुमार राई समेत मन्त्रीको दौडमा रहेपछि पूर्व माओवादीलाई मन्त्रीहरु नाम टुंग्याउन समय लागेकोले मन्त्रिमण्डल विस्तारको मिति पछि सारिएको हो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…