• हामी नेपालीको बानी नै यस्तै छ । भाईरल भएको बेलामा कोहि पछि पर्न नचाहने । नेपालको भूभाग लिम्पियाधुरा, लिपुलेक र कालापानी भारतले आफ्नो नक्सामा समेटेको विषयमा हरेकले विरोध गरे,कराए,भारतीय राजदूतावासमा गएर कालो झण्डा देखाए । तर आज फेरि सेलायो यो विषय ।

    “हामी यस्तै त हो नि ब्रो “

    भिटेनले सहि भनेका हुन् । हामी यस्तै हो । कुनै पनि विषयमा चाहिनेभन्दा धेरै कृयाशिल भैदिने र छाडिदिने । यो हाम्रा नेताहरुले राम्ररी बुझेकाछन् ।

    जतिपनि खवरदारी भए र हुनेगरेका छन्, सबै यसरी नै सेलाउने गरेका छन् । हिजो बीपीले पनि यहि आवाज उठाएका थिए । मदन भण्डारीलेपनि यहि आवाज उठाए ।

    बीपीले यो आवाज नउठाएको भए जेलमा सड्नु पर्ने थिएन । मदन भण्डारीले यहि आवाज नउठाएको भए त्रिशुलीमा होम्मिनुपर्ने थिएन । त्यही डरले अहिलेका कुनैपनि नेताहरु यस विषयमा बोल्न सक्दैनन् ।

    बिडम्बना नै यहि हो भारतीय शक्तिले नेपालका नेताहरुलाई यसरी नै तर्साएर राखेका छन् । तर जनताले यो बुझ्नु जरुरी छ र खवरदारी गर्नु अतिआवश्यक छ । नत्र कालापानीदेखि लिम्पियाधुरासम्म भारतको एउटा अभिन्नअंग भएर बसिरहनेछ ।

    बीपी र मदन भण्डारीलाई नै सखाप पारेर त्यो क्षेत्र भारतले लिनै पर्ने के छ त्यस्तो कारण ?

    विवादित भनिएको क्षेत्रलाई भारतले अतिक्रमण गर्नुका तिन मुख्य कारण छन् ।

    १, धार्मिक क्षेत्र:

    भारतीय सैनिकहरुले प्रयोग गरेको देखिएपनि त्यसक्षेत्र खासै प्रयोगमा रहेको भूमि देखिन्न तर सत्ययुगमा यो क्षेत्र अत्यधिक प्रयोगमा रहेको बुझिन्छ । त्यसकारण विभिन्न धार्मिक शक्तिहरुको केन्द्रबिन्दु रहनसक्ने बुझिन्छ । भगबान् शिव त्यसक्षेत्र वरपर रहनुको कारण भारतीयहरुले बुझेका छन् । सत्ययुकमा किन यस क्षेत्रको अत्याधिक प्रयोग हुन्थ्यो हामीले यो बुझ्न चाहेनौं तर भारतले यो राम्ररी बुझेको छ ।

    २, खनिज पदार्थको सम्भाव्यता:

    यसक्षेत्रमा अत्याधिक मात्रामा खनिज पदार्थहरु सम्भाव्यता रहेका कारण भारत त्यसमा अधिपत्य जमाउन चाहन्छ । अहिलेसम्म संसारमा हिराको खानी अष्ट्रिलिया, ब्राजिल, चिन, कोङ्गो, रसिया, दक्षिण अफ्रिका र बोत्स्वानामा मात्र भेटिएको छ । हिराको खोजी संसारभर द्रुतगतिमा भईरहेको छ । यो अत्याधिक महङ्गो र कठिन संघर्षका साथ पाईने खनिज पदार्थ यस भूभाग वरपर हुनसक्ने सम्भावना छ ।

    ३, चिन र भारतको युद्ध:

    ईस्वी संवत् १९६२ मा भारतले सैन्य क्याम्प खडागरेपछि भारतले चिनलाई पर धकेल्न सफल भएको थियो । भौगोलिक हिसावले यो क्षेत्रमा रहेर सैन्यहरुको लागि युद्ध गर्न अत्यन्त सजिलो पर्ने भएका कारण भारत यो क्षेत्रमा रहेको आफ्नो बलियो सैन्य अखडालाई फिर्ता गर्न चाहन्न । पटक पटक भईरहने युद्धमा भारतलाई यस भुभागले धेरै लाभ दिएको देखिएको छ ।

    त्यसकारण भारत कुनैपनि हालतमा यि भूभागहरु नेपाललाई फिर्ता गर्न चाहन्न । राजा र जनता सबैका सर्वमान्य नेता बीपीलाई समेत जेलमा सडाउने षड्यन्त्र देखि मदन भण्डारी जस्ता महान् नेताहरुलाई सखाप पारेर नेपाली भूभाग हत्याउने चलखेलमा भारत थियो र छ ।

    कसरी फिर्ता हुन सक्छ कालापानी, लिपुलेक र लिम्पियाधुरा ?

    भारतीय दुतावासमा कालो झण्डा देखाएर चटकमात्रै देखाउने हो, राजनीति गर्ने हो, यस प्रकारको कृयाकलापले भूमि फिर्ता गर्दैन । राजनीति गर्नेहरुले बोल्न सक्दैनन् , यदि बोलिहाले भने कुनै न कुनै बहानामा भारतले मुख थुन्नेछ । यस प्रकारका कृयाकलापले राज्यलाई दवाव दिने मात्र हो तर राज्यले अहिलेसम्म कुनै चासो किन दिनसकेन भन्ने विषयमा पनि ध्यान दिनु जरूरी छ ।

    नेपाल सरकारले यो गर्न सक्दैन र गर्न पनि चाहन्न । जुनसुकै पार्टिको सरकार भएपनि यस विषयमा अन्तर्राष्ट्रियकरण गर्न न यो सरकारले सक्छ न प्रतिपक्षमा रहेको पार्टिले । नेतागिरी गर्न बाटोमा बसेर कराउनेले म भएको भए गर्छु भनेर हुने कुरोपनो होईन । यहि प्रतिपक्षले पनि पटक पटक सरकार चलाएको थियो । अहिले नाटक गरेर हुन्छ र ?

    कालापानी लिपुलेक र लिम्पियाधुरा फिर्ता गर्न अन्तर्राष्ट्रिय दवाव नै चाहिन्छ । यसको लागि नेपाली जनताले संसारभर रहने नेपालीहरुको साथमा रहेर संयुक्तराष्ट्रसंघ जस्ता अन्तर्राष्ट्रिय संस्थाहरुको ध्यान आकर्षण गराउनै पर्दछ ।

    एनआरएनएले चाह्यो भने दवाव अभियानलाई सफल पार्न सक्छ । भारतीय राजदूतावासमा हैन, अब संयुक्तराष्ट्रसंघहरुमा धर्ना दिनु पर्दछ । आन्दोलन नै गर्नपरे पनि यो भन्दा अर्को बाटो अब छैन । हामी संयुक्तरास्ट्र संघको सदस्य रास्ट्र भएका नाताले उनिहरुले हाम्रो आवाज सुन्नैपर्छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…