• काठमाडौं । नेपाल महिला संघ कानेपोखरीले पछिल्लो समय समाजमा उल्लेखनिय काम गर्दै आएका छन् । जसले गर्दा मोरङमा महिला संघले हाई हाई र चर्चा बटुलेकोे छ ।
    नेपाल महिला संघ कानेपोखरीले आयोजना गरेको देउसीभैलो कार्यक्रम २०७६ बाट संकलित रकम मध्येबाट कानेपोखरीका असक्त तथा असहायलाई सहयोग दिने कार्यक्रम अन्तर्गत तेस्रो चरणको सहयोग हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।

    गत पुष २७ गते कानेपोखरीवडा नं ७, आईतवारे वजारकी एकल महिला सासू र एकल महिला बुहारी साबित्रा दर्जि नरमाया दर्जि परिवार, वडा नं ६ का निसन्तान बृद बृद्धा साने लिम्बू परिवार र वडा नं २ पर्गति टोल बस्ने बर्ष ६८ कि सहरा बिहिन निसन्तान हेमकला चैलागाईलाई सहयोग गरिएको हो । तिनै घर परिवारलाई चामल १ बोरा, दाल २ केजी, नुन २ केजी, तेल २, बिस्कुट १ पोका सहयोग गरिएको देउसी भैलोकी संयोजक कमला योञ्जनले जानकारी गराउनुभयो ।

    सचिव कोपिला कार्कीले आगामि महिनामा सहयोग गर्नुपर्ने परिवारको लागत संकलन गर्ने र सहयोग गर्ने जानकारी दिनुभयो । सहयोग बितरण कार्यक्रमा स्थानियको ब्यापक उपस्थित थियो । समितिका सदस्य लगायत गापा सभापति योगेन्द्र दाहाल, जन प्रतिनिधि ईन्दिरा राजवंसि, क्षेत्रीय सदस्य केदार थापा, गणेश थापा, हिम प्र तिमसिना, बद्री भट्टराई, नेत्र बहादुर थापा, नगेन्द्र भट्टराई ‘नाति’, नबिन लिम्बू, गोपाल बिष्ट, देवि बास्कोटा ओझा, उर्मिला फुयल, धुर्वमाया सापकोटा, अन्यको उल्लेखनिय संख्यामा उपस्थित थियो ।

    समितीमा कमला योन्जन अध्यक्ष, कृष्णमाया बिष्ट ‘कोपीला’ सचिव, डिल्लीमाया बस्नेत कोषाध्यक्ष, सदस्यहरुमा टंकेश्वरी याख्खा, राधा पाठक, शोभा रिजाल, पम्फा धिमाल, चन्दीदेवी धिमाल, रुपा भट्टराई, जानुका खरेल रहेका छन् । सो कार्यक्रममा विभिन्न ठाउमा समाज सेवि देवेन्द्र लुईटेल ले नगद आर्थिक सहयोग गर्नु भएको कुरा कानेपोखरी गापा सभापती योगेन्द्र दाहाल बताउनु हुन्छ । नेपाल महिला संघको कार्यमा आफनो सक्रिय सहभागिता र सहयोग रहने समाजसेवी देबेन्द्र लुईटेलले बताउनुभयो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…