• द रियल फ्रेण्डस ग्रुपले आयोजना गरेको फोटो प्रतियोगिताका बिजयी प्रतिस्पर्धीले आफुले पाएको पुरस्कार मृगौला पीडितलाई सहयोग गरेका छन् ।
    ज्वाला लिम्बू र लब्ली क्षेत्रीले उर्लाबारीकी बिरामी बिमलाको उपचारमा नगद १० हजार सहयोग गरेका हुन् ।

    सहयोग रकम दिने ज्वाला र लब्ली भन्छन्, बिमला दिदीको पीडालाई आफ्नै सम्झेर सहयोग गरेका हौ ।

    बिजयी हुनेहरुले कोहीले पार्टी दिन्छन्, कसैले आफ्नो ब्यक्तिगत खर्चमा प्रयोग गर्छन्, तर यी दुई चेलीले साँच्चीकै उदाहरणीय काम गरेको सामाजिक सन्जालमा चर्चा भएको छ ।

    कार्यक्रमका प्रमुख बिएन द्र लिम्बू र काजी लिम्बूले बिजयीहरुको यो काम प्रति खुशी प्रकट गरे । पाठेघरको क्यान्सरसंग जुधिरहेकी विमला सुब्बालाई सहयोग गर्न चाहनु हुनेले ९८०७३७७५२४ र ९८२८७५५३७७ को मोवाइल नम्बरमा सम्पर्क गरिदिनु हुन दिलबहादुर अपिल गरेका छन् ।

    त्यस्तै, अभियानका संयोजक छबी श्रेष्ठले पनि सबैलाई सहयोगका लागि अपिल गरेका छन् । घरदैलो अभियानबाट हालसम्म १लाख ३५हजार रुपैयाँ संकलन भइसकेको उनले जानकारी दिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…