• उर्लाबारी । मोरङको उर्लाबारीमा स्थापित महिला विकास तथा बालबालिका चेतना केन्द्रद्वारा सञ्चालित नमूना बाल गृहको २१ औं बार्षिक साधारणसभा मंगलबार सम्पन्न भएको छ ।

    उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोको प्रमुख आतिथ्यतामा भएको उक्त साधारणसभामा उर्लाबारी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष बीरबल थापा, ३ का वडाध्यक्ष गञ्जबहादुर कार्की, ५ का वडाध्यक्ष भानुभक्त शर्मा पराजुली, समाजसेबी जयधर्म आचार्य, रुद्र तामाङलगायतले बोलेका थिए । बाल गृहमा सहयोग गर्ने दाताहरुलाई समेत सोही अवसरमा सम्मान गरियो । बाल गृहमा ४७ जना बालबालिकाहरु आश्रित रहेको गृहकी अध्यक्ष मिना बरालले जानकारी दिइन् । बाल गृह सहयोगीदाताकै भरमा सञ्चालन भइरहेको पनि उनले बताइन् ।

    https://youtu.be/GQ9mmdwirOQ

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…