• मुगु : अत्यधिक रक्तश्रावले सुत्केरीको मृत्यु भएपछि नवजात शिशुको विचल्ली भएको छ। गएको बुधबार जिल्लाको छायानाथ रारा नगरपालिका-१० जिउला गाउँकी धनरुपा विश्वकर्माको सुत्केरीपछि जिल्ला अस्पताल ठिनी मुगुमा ल्याउँदा ल्याउँदै अत्यधिक रक्तश्रावले बाटोमै मृत्यु भएको हो।

    मृत्यु भएकी सुत्केरी धनरुपा विक जिल्ला सदरमुकाम गमगढी देखि २ घण्टा टाढा जिउला गाउँकी थिइन्, उनी गाउँमा वर्थिङ सेन्टर नहुँदा घरमै सुत्केरी भएकी थिइन्। शिशु जन्मेको लगातार चार घण्टासम्म लगातार रक्तश्राव भएको थियो। सुत्केरीलाई जिल्ला अस्पाताल ठिनी मुगुमा स्टेचरमा बोकेर ल्याउँदा ल्याउँदै मृत्यु भएको थियो। आमाको मृत्युपछि नवजात शिशुलाई स्तनपान र संरक्षण गर्न कठिनाई भएको शिशुका बाबु रामबहादुर विकले बताए।


    विकका अनुसार नवजात शिशुलाई गाउँकी आमाहरूले आलोपालो गरेर आजभोलि स्तनपानमा सहयोग गरेका छन्। शिशुलाई नियमित स्तनपान नहुँदा समस्या भएको छ। शिुशलाई स्तनपान र पालन पोषणका निम्ति कोही कसैले सहयोग गरिदिए धर्म लाग्ने विकले बताए। जिल्ला सदरमुकामबाट दुई घण्टाको पैदल बाटो भएकाले समयमै सुत्केरीलाई अस्पाताल लान नसकेकाले सुत्केरी पत्नीको ज्यान बचाउन नसकिएको उनको भनाइ छ। विकको घरमा नवजात शिशुभन्दा अगाडिका चार बच्चा छन्। उनीहरूको पालनपोषण र शिक्षा दीक्षामा ठूलो समस्याले पिरोलेको विकले दुखेसो पोखे।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…