• पुष २९, पथरी ।
    १ महिना अगाडी ईलाका प्रहरी कार्यालय पथरीको नेत्तृत्व सम्हाल्न आएका डिएसपी दिलिप कुमार गिरीले नैतिकता गुमाएर कुनै पनि कार्य नगर्ने दावि गरेका छन् । नेपाल प्रहरीमा रहेर आफुले देश र जनताको सेवामा खर्चेको १८ वर्र्षे ईतिहासमा अहिले सम्म विभिन्न क्षेत्रमा रहेर कार्य गर्दा कानुनको पालना गराउनु आफ्नो पहिलो दायित्व ठहर गर्दै आएको उनि बताउछ्न ।
    ईलाका प्रहरी कार्यालय पथरीमा रहेको सिमित श्रोत र साधनको प्रयोग गर्दै भए पनि ईलाकामा बसोवास गर्ने आम नगरीकलाई शान्ति सुरक्षाको विषयमा कुनै पनि प्रश्न उठाउने ठाँउ नदिने गिरीको भनाई रहेको छ ।
    डिएसपी गिरीले पदभार सम्हालेको एक महिनामै ५ वटा सवारी ज्यान, ४ वटा लागू ओैषध, ४ वटा बहु बिबाह, २ वटा सार्वजनिक अपराध, १ जबर्जस्ती करणी र १ चोरी, गरेर जम्मा १७ वटा मुद्दाका फरार अभियुक्त लाई नियन्त्रणमा लिएको डिएसपी गिरीले जानकारी दिए ।
    डिएसपी गिरीले विभिन्न समयमा अपराध गरेर फरार भएका अभियुक्तहरुलाई आफुले अभियान नै चलाएर नियन्त्रणमा लिएरै छाड्ने अडान लिएका छन् ।
    हुन त यस अघि पनि विभिन्न समयमा ईलाकाको नेत्तृत्व सम्माहाल्न आउने कार्यालय प्रमुखले पनि यो अभियान भने नचलाएका होईन्न् ।
    केही समय उनिहरुले पनि फरार अभियुक्त लाई अभियान नै चलाएर नियन्त्रणमा लिएका पनि थिए तर सो अभियानले भने खासै निरन्तरता पाउन भने सकेको थिएन् ।
    जसको कारण विभिन्न समयमा अपराध गरेरे पनि कानुनको दायरामा आउन नसकेका अभियुक्त हरु गाउ ठाउमा आज पनि खुल्लारुपमा नै हिडडुल गरीरहेका छन् ।
    “आफुले पथरीको कार्यभार सम्हाले देखि कानुन विपरित कुनै कार्य नगरेको र कानुन विपरित कार्य गर्ने जो कसैलाई पनि उन्मक्ति हुन्दैन, कानुनको पालना गराउने कुरामा प्रहरीले कसैको भनुसुन सुन्दैन पालना गराएरै छाड्छु ।”
    “पछिल्लो समय रात्रिकालिन गस्तीको क्रममा पथरी क्षेत्र र भित्रि सडक हरुमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउनेको सङख्या अत्याधिक भएको भेटेको छु चेक जाँचका क्रममा फेला परेको त्यस्ता चालकहरु जो सुकै भएपनि कानुनी कार्वाही गराएरै छाड्छु ।”
    यस भन्दा अगाडी पनि मोरङकै बेलवारी र दुहवीमा रहेर आफ्नो कार्य सम्हाली सकेको छु सो दौरानमा आफुले पथरीलाई नजर अन्दाज गरेकै कारण पथरीलाई राम्रो सग बुझेरनै आँफु अगाडी बढेको उनको तर्क रहेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…