•  

    काठमाडौं : बुधबारदेखि पश्चिमी न्यून चापीय प्रणाली नेपाल प्रवेश गर्ने भएको छ। यही वायुका कारण बुधबार, बिहीबार र शुक्रबार देशका विभिन्न ठाउँमा पानी पर्ने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    ‘पश्चिमी न्यून चापीय प्रणालीका कारण बुधबार राति देशको पश्चिमी क्षेत्रमा सामान्य बदली रही थोरै स्थानमा हल्का वर्षा हुनुका साथै उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको’, मौसम पूर्वानुमान महाशाखाको बुलेटिमा उल्लेख छ।

    यो प्रणालीका कारण बिहीबार देशका मध्य तथा पश्चिमी क्षेत्रमा सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भेगका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपात हुनुका साथै थोरै स्थानमा भारी हिमपातको संभावना रहेको छ।

    मध्य तथा पश्चिमी पहाडी तथा तराईका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र सोही भू–भागका एक दुई स्थानमा भारी वर्षाको संभावनासमेत रहेको छ।

    महाशाखाका अनुसार बिहीबार देशको पूर्वी भू–भागमा बिहीबार आंशिकदेखि सामान्य बदली भइ सामान्य वर्षा हुने सम्भावना छ।

    यस प्रणालीको प्रभाव देशभर शुक्रबारसम्म नै रहने र शुक्रबारसमेत वर्षा र हिमपातको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन मशाखाकाले अनुरोध गरेको छ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…