•  

    मोरङ । मोरङको आठ वटा स्थानीय तहको उपप्रमुखहरुले संघीय सभाको उपसभामुख डा. शिवमाया तुम्बाम्फेलाई नै सभामुख बनाउन नेकापा पार्टी समक्ष माग गरेका छन ।

    आज नेकपाको मोरङ जिल्ला समिति मार्फत केन्द्रीय समितिलाई ध्यानआकर्षण पत्र बुझाउदै डा. तुम्बाम्फेलाई सभामुख बनाउन पहल थालेका हुन ।

    यसरी पहल थाल्ने उपप्रमुखहरुमा पथरीशनिश्चरे नगरपालिकाको उपप्रमुख
    यमुना विष्ट बास्तोला, उर्लाबारी नगरको लक्ष्मीदेवी भण्डारी , बेलबारी नगरको ढाकाकुमारी पराजुली, मिक्लाजुङ गापाको उपप्रमुख सरला राई , रतुवामाई नगरपालिका
    दमयन्ता चुडाल, केराबारी गाउँपालिका उपप्रमुख शान्ति लिम्बु भुजेलले डा तुम्बाम्फेलाई नै सभामुख बनाउने पर्ने माग राखेका हुन ।

    ध्यानआकर्षण पत्रमा डा. शिवमाया तुम्बाहाम्फेलाई सभामुखको जिम्मेवारी प्रदान गरिन भएको ढिलासुस्तीले आफूहरुलाई बढी गम्भीर बनाएको उल्लेख छ ।

    तुम्बाम्फे विद्यार्थीकालदेखि परिपक्व नेता, सफलतापूर्ण उपसभामुखको जिम्मेवारीमा रहेको र राजनीतिक बैचारिक निर्दिष्टकोणले पनि सभामुखको जिम्मेवारी प्रदान गर्नुपर्ने उल्लेख छ ।

    उहाँमा विषयगत योग्यता, क्षमता, सामाजिक जीवन, राजनीतिक योगदान, संगठनात्मक भूमिका, निरन्तरता, क्रियाशीलता, राजनीतिक इमान र निष्ठाको बिम्ब भएको उल्लेख छ ।

    "श्रमजीवी महिलाहरूका मुर्छित सपनाहरूलाई ब्युताउँन सक्ने उहाँको नेतृत्व र रणनीतिक नेतृत्व क्षमता विकासले ठाउँ पाउँदा हामीले फड्को मार्न सक्ने कुरामा हामी मोरङ उपप्रमुखहरु विस्वास्त्त छौ ।" विग्यप्तिमा भनिएको छ "पार्टी वैज्ञानिक छ, निर्णय प्रक्रियमा जानुअघि नेतृत्वले निकै विवेक राख्ने गरेको छ ।"

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…