• काठमाडौ । किरात राई यायोक्खा केन्द्रीय समितिले आयोजना गरेको यले नयाँ वर्षको उत्सव तथा सम्मान कार्यक्रममा सहभागी हुन्
    सिक्किमको पूर्व मुख्यमन्त्री डा. पवन चाम्लिङ राई काठमाडौ आइपुगेका छन ।

    कार्यक्रमको प्रमुख अतिथी प्रदेश १ को मुख्यमन्त्री शेरधन राई पनि आजै काठमाडौ आइपुगेका छ्न ।

    सिक्किमका मुख्यमन्त्री चाम्लिङलाई होटल आन्न्पूर्णमा यायोक्खाले स्वागत गरेको छ । यायोक्खा केन्द्रीय अध्यक्ष दिवस राई, उपाध्यक्षहरु जीवन हाताचो राई, तिलकप्रसाद राई, राकेश राई, महासचिव जनक राई, सचिव अर्जुन जम्नेली राई, कोषाध्यक्ष देवान राई, केन्द्रीय सदस्य सर्वधन राई, अतिती सत्कार समितिमा रहेका केन्द्रीय सदस्य बिर्सिका राई लगायतको टोलिले चाम्लिङलाई स्वागत गरेका थिए ।

    यायोक्खा नेपालले प्रतिष्ठित "हाङ यलम्बर स्मृति सम्मान पुरस्कार ५०८०" बाट सम्मान गर्दै छ । पुरस्कार राशी दुई लाख २२ हजार २२२ रुपैया र ताम्रपत्रले सम्मान गर्ने कार्यक्रम रहेको छ ।

    यले नयाँ वर्षको अवसरमा यायोक्खाले भोलि माघ १ गते राष्ट्रिय सभागृहमा भव्य कार्यक्रम गर्दैछ । दिउँसो १ बजे सभागृहमा सांस्कृतिक कार्यक्रम, सास्कृतिक सामाग्री प्रदर्सन, सहभागीलाई सेल रोटी, तरुल, ग्रुग्द्रुक र बँदेलको मासुको अचार खुवाएर नयाँ बर्ष मनाउने कार्यक्रम रहेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…