उर्लाबारी। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मोरङले जिल्लासमिति घोषणा भएको करिब तीन महिनापछि जिम्मेवारी बाँडफाड गरेको छ ।
बैठकले १६ वटा स्थानीय तहको इञ्चार्ज, १२ वटा प्रदेशसभा निर्वाचन क्षेत्र र ६ वटा प्रतिनिधीसभा निर्वाचन क्षेत्रको संयोजक र सहसंयोजक सहित सदस्यहरुको नामावली टुंगो लगाएको नेकपा मोरङका सचिव गणेश उप्रेतीले जानकारी दिएका छन ।
नेकपा मोरङ अध्यक्ष ऋषिकेश पोखरेलको अध्यक्षतामा बसेको बैठकले जिल्ला समितिमा थप ४६ जनालाई सदस्य मनोनित गर्दै सदस्यहरुको संख्या २०७ पूर्याएको छ ।
नेकपा मोरङले प्रतिनिधीसभा निर्वाचन क्षेत्र नम्बर १ को संयोजकको जिम्मेवारी भुपाल जिमीलाई दिएको छ । क्षेत्र नम्बर २ को संयोजकमा प्रकाश पौडेल तोकिएका छन् । क्षेत्र नम्बर ३ को संयोजक खेमराज भट्टराई, नम्बर ४ को संयोजक बाबुराम कार्की, क्षेत्र नम्बर ५ को संयोजकमा धर्मानन्द सञ्जेल र क्षेत्र नम्बर ६ को संयोजकमा अजम्बर राई तोकिएका छन् । नेकपा मोरङले स्थानीय तह विभागको प्रमुखको जिम्मेवारी रामलाल साहलाई दिएको छ । त्यस्तै बुद्धीजीवी विभाग प्रमुखको जिम्मेवारी अर्जुनराज अधिकारीले पाएका छन् । विद्यार्थी फाँट प्रमुखको जिम्मेवारी ओसिम आलमले पाएका छन् ।
शिक्षा तथा मानव स्रोत विभाग प्रमुखको जिम्मेवारी चण्डीप्रसाद राईले पाएका छन् । पेशागत महासंघ प्रमुखमा नरमाया भट्टराई, युवा तथा खेलकुद विभाग प्रमुखमा पर्शुराम बस्नेत, सहकारी विभाग प्रमुखमा भेषनाथ रिजाल तोकिएका छन् ।
त्यस्तै संगठन विभाग प्रमुखको जिम्मेवारी महेश भट्टराई, स्कुल विभाग प्रमुखको जिम्मेवारी रुपेश खतिवडाले पाएका छन् । केन्द्रीय सदस्य धनेन्द्र बस्नेत, गोपी अछामी, देउमान सम्वाहाङ्फे र महेश रेग्मीको उपस्थितिमा सो जिम्मेवारी तोकिएको हो ।
यसैबिच नेकपा मोरङले १६ वटा स्थानीय तहको इञ्चार्ज तोकेको छ । बेलबारी नगरपालिका इञ्चार्जमा इरान राई, रंगेली नगरपालिका इञ्चार्जमा दिपिल बगडिया, लेटाङ नगरपालिका इञ्चार्ज भुपेन्द्र लावती, पथरीशनिश्चरे नगरपालिका इञ्चार्जमा दीननाथ तिम्सिना तोकिएका छन् । जहदा गाउँपालिका इञ्चार्जमा श्याम मण्डल, कटहरी गाउँपालिका इञ्चार्जमा प्रदिप साह, केरावारी गाउँपालिका इञ्चार्जमा टेकबहादुर लिम्बु, बुढीगंगा गाउँपालिका इञ्चार्जमा बलभद्र सरदार, कानेपोखरी गाउँपालिका इञ्चार्जमा राजेन्द्रप्रसाद मण्डल(अभिनाष) तोकिएका छन् ।
धनपालथान गाउँपालिका इञ्चार्जमा श्रवण पाशवान, ग्रामथान गाउँपालिका इञ्चर्जमा गुणवती धामी, मिक्लजुङ गाउँपालिका इञ्चार्जमा प्रेम मिभक, उर्लाबारी नगरपालिका इञ्चार्जमा मानबहादुर श्रेष्ठ तोकिएका छन् । रतुवामाई नगरपालिका इञ्चार्जमा सुमन कालिकोटे, सुन्दरहरैचा नगरपालिका इञ्चार्जमा सुरेन्द्रबहादुर थापा, सुनबर्सी नगरपालिका इञ्चार्जमा गोपालबहादुर थापाले जिम्मेवारी पाएका छन् ।