काठमाडौं, १ माघ । बैंकिङ प्रणाली आजदेखि थप झन्झटिलो बनेको छ । अब अरुको नाममा पैसा जम्मा गर्दा पनि परिचयको फाटोकपि पेश गर्नुका साथै तीन पुस्ते विवरण भुर्नपर्ने हुन्छ ।
सम्पत्ति शुद्धीकरण निवारणका लागि भन्दै नेपाल राष्ट्र बैंकको निर्देशनमा बैंकहरुले बुधबारदेखि गोएमएल सफ्टवेयर लागू गर्दै यस्तो नियम अनिवार्य बनाएका हुन् । वाणिज्य बैंकमात्र होइन विकास बैंक र फाइनान्स कम्पनीहरुमा समेत यो सिस्टम लागू गर्ने राष्ट्र बैंकको योजना छ । आगामी असार महिनादेखि विकास बैंक र फाइनान्स कम्पनीहरुमा पनि लागु हुने राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले बताए ।
यो सिस्टम लागू पछि बैंकिङ केहि झण्झटिलो भएको छ । अहिले कसैको नाममा रकम जम्मा गर्न भौचर भरेर जम्मा गर्नेको नाम लेखेमात्रै पुग्ने थियो । तर अब भने भौचरमा जम्माकर्ताले ३ पुस्ते विवरण समेत उल्लेख गर्नु पर्नेछ । नगद तथा चेक जम्मा गर्न जानेले आफ्नो सरकारी मान्यता प्राप्त सक्कली परिचयपत्र पनि साथै देखाउनु पर्नेछ । तिन पुस्ते भर्नु पर्नेदेखि लिएर सक्कल परिचय पत्र समेत देखाउनु पर्ने भएकाले विद्यमान व्यवस्था भन्दा यो विधि केहि झण्झटिलो हुनेछ । कालो धन नियन्त्रणा लागि भन्दै यस्तो प्रावधान लागू गरिएको हो ।
गोएमएल भनेको एउटा सफ्टवेयरको नाम हो । सम्पत्ति शुद्धिकरण निवारणका लागि उपर्युक्त हुने भएकाले अन्तर्रा्ष्ट्रिय स्तरमा समेत यसको प्रयोग बढिरहेका जानकारहरु बताउछनछ । विश्वका धेरै देशका बैंक तथा वित्तीय संस्थाहरुले यस सफ्टवेयरको प्रयोग गरिरहेका छन् ।
वाणिज्य बैंकका सीईओहरुको संगठन नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहाल गोएमएमल सफ्टवेयर प्रयोग हुनु सबैका लागि राम्रै हुने बताउछन् । अहिलेको भन्दा यो सिस्टम लागू भए पछि सूचना धेरै दिनु र कागजात समेत उपलब्ध गराउनु पर्ने भएकाले केहि समय लाग्ने भए पनि सम्पत्ति शुद्धिकरण निवारणका लागि यो राम्रो हुने उनले बताए । सन् २०२० मा सम्पत्ति शुद्धिकरणमा नेपालले गरेको कामको मूल्याङकन हुने भएकाले यसरी सबै क्षेत्रमा कडाई गरिएको छ । कडाई नगरे नेपाल कालोसूचिमा पर्ने जोखिम छ