काठमाडौं, १ माघ । परिवर्तनको सम्वाहक नेपाली कांग्रेसले राणाको चरम अन्यायविरुद्ध ०७ सालको क्रान्ति ग¥यो । ०१५ सालको निर्वाचनमा दुई तिहाई बहुमत प्राप्त ग¥यो ।
विश्वेश्वरप्रसाद कोइरालाले त्यसवेला दुईतिहाईभित्र जातीय भाषिक धार्मिक समावेशिताको अंकुरण सहितको समाजवाद नेपाली कांग्रेसको स्वरुप हो भनेका थिए ।
राजा महेन्द्रको निरंकुशतामा लादिएको पञ्चायतविरुद्ध सोँच र खोजको बहुदलसंग जोडिएको कांग्रेस ०४६ सालको संविधान कै प्रणयता हो ।
जनताको बहुमतमा उन्माद कांग्रेस ०५१ सालको मध्यावधिमा कमजोर बन्यो । मध्यावधी चुनावपछि आफ्नै कार्यकालको मन्त्रालयको घर्रामा नेपाली कांग्रेसले छाडेको नीति तथा कार्यक्रमलाई तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले एमालेको आफ्नो गाउँ आफै बनाउको नारामा रुपान्तरण गरे ।
२०५२ मा माओवाद उदय भएपनि कांग्रेसका दुर्दशा सुरु भए । कसैबाट उत्साहित भएको माओवाद देशको घातक अवसरवादको रुपमा परिणत भयो ।
राजा वीरेन्द्रको महानतामा छिमेकी राष्ट्रको ‘कु’ दृष्टिसंगै राजदरबार हत्या काण्डपछि राजा ज्ञानेन्द्रको शक्ति जन्मियो । माओवादको चाहना यो देशमा परिवर्तनको बाधक थियो ।
क्रान्तिको नाममा अवसरवाद माओवादीलाई लोकतान्त्रमा ल्याउनु कांग्रेसको सफल इतिहासको अर्को इतिहास थियो । कम्युनिस्टले गरेको भ्रमको खेतीलाई आमजनता माझ पु¥याउन नसक्नु २०४६ को कांग्रेसको हार थियो ।
तत्कालीन माओवादीको डर त्रास धम्कीको बाबजुद नेपाली २०६४ को पहिलो संविधानसभा निर्वाचनमा पहिलो पार्टी बन्यो । मुलुक कब्जा गर्ने नीति अनुसार नेपाली सेनाका प्रमुख सेनापती परिवर्तन नीति अपनायो । त्यसमा माओवादी सफल हुन सकेन र प्रधानमन्त्री पदबाट राजीनामा दिन प्रचण्ड बाध्य भए ।
०७० मा भएको दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेस पुनः पहिलो पार्टी बन्यो । कांग्रेस ठूलो पार्टी बनेपछिसभापति सुशील कोइराला नेतृत्वमा बनेको सरकारले नेपालमा संविधान ल्यायो । जनहित मतदानको समीक्षा गरेन त्यो नै कांग्रेसको लागि पछुतो साबित भयो । गुटको भ्रातृ संगठन सम्झिएको कांग्रेसले नेपाली मतदातको भातृत्व बिर्सियो ।
नातागोता, परिवारवाद, चाकडीवाद सम्झियो कांग्रेसले । संथापक नेताको समाजवाद चटक्कै पन्छायो । कांग्रेसको इतिहास प्रष्टसंग केलाउ, पार्टीमा गुट होइन जुट चाहिएको छ । कांग्रेसमा संस्थापन होइन, योग्य क्षमता चाहिएको छ । अभियान टाइम्सका साथमा ।