• ५ रुपैयामा खाना बेचेर १४ दिनमा उठ्यो नसोचेको पैसा , कुरा काट्नेहरुलाई दिए मनछुने यस्तो जबाफ (भिडियो सहित)

    दमक, झापा । ५ रुपैयाँमा सादा खाना र १० रुपैयामा मासु खाना पेटभरि खान पाइन्छ भन्दा तपाईंलाई अचम्म लाग्न सक्छ । तर यो वास्तविकता हो झापाको दमकस्थित पश्चीम बस स्टेण्ड नजिकै रहेकाे गोरखा डिपार्टमेन्ट स्टोरको प्राङगणमा कपडाले बेरेकाे एउटा स्टल रहेकाे छ ।

    अगाडी पट्टी केही टेवल र कुर्सी पनि राखिएकाे छ । हाे यही स्थानमा ५ रुपैयाँमा सादा खाना र १० रुपैयामा मासु खाना खान पाइन्छ । दमकका युवाहरुले बुधबारदेखि एउटा सकारात्मक अभियान सञ्चालन गरेका छन्।

    उनीहरुले भोकाएका मानिसलाई शुद्ध खाना खुवाउने र खाना खाएका ग्राहकहरुबाट संकलित रकम मिर्गौलाको समस्याबाट पी ‘डित २५ बर्षिय एक युवाको उपचारका लागि खर्चिने अभियान चलाएका हुन् ।

    इलाम चुलाचुली ५ का २५ बर्षिय शुकराज लिम्बुका दुवै मिर्गौला खराब भएपछि उपचारमा आर्थिक सहयोग जुटाउने उदेश्यले ५ रुपैयाँमा एक छाना भात खुवाउने अभियान चलाइएको हो । अभियानको लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५ एवानको नेतृत्वमा समेत रहनु भएका लोकतान्त्रिक व्यवसायी संघ दमकका अध्यक्ष बबरजंग थापा किरणले थालनी गरेका छन् ।

    ४ दिनमा सहयोगी दाताहरुले खाना खाएर दिएको पैसा आज कुमार राइले दुवै मिर्गौला फेल भएर उपचार गर्दै गर्नु हुने बिरामीलाई काठमाडौँ पठाईदिनु भएको छ ।

    जस्ताको तस्तै विवरण तल भिडियोमा हेर्नुहोला ।

    https://youtu.be/Wb4G53IQcCg

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…