• सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू १७ हजार मान्छे मारेर आएको कुरा सत्य नभएको बताएका छन्।

    माघे संक्रान्तिको अवसरमा बुधबार थारू समुदायले काठमाडौंको टुँडिखेलमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रचण्डले त्यसो भन्नु न्यायपूर्ण नहुने तर्क गरे।

    ‘धेरै साथीहरूले मलाई १७ हजार मान्छे मारेर आएको भन्नुहुन्छ। म तथ्यांक मात्रै सच्याउन चाहन्छु। साथीहरू यो सत्य होइन। यो सत्य होइन . . .। सत्य के हो मलाई भन्न दिनुहोस्। सत्य के हो भने हिजोका सामन्ती राजाहरूले १२ हजार मान्छे मारेका हुन्। हिजोका राज्यले मारेको १२ हजारको कुरा नहुने, अनि राज्यले मारेकाको पनि मेरै टाउकोमा हाल्ने यो न्याय हुँदैन,’ प्रचण्डले भने।

    उनले सशस्त्र युद्धताका भएका बेला राम्रा/नराम्रा कुराको जिम्मा भने आफूले लिने बताए।

    ‘तर म नगरेका कामको जिम्मा लिन्नँ,’ उनले भने। हिजो माओवादी आन्दोलनमा लागेका नेताहरू अहिले पनि जेलमा रहेकोले आफू छुटाउन लागिरहेको उनले बताए। मोरङ र गोरखामा नेताहरू जेलमा रहेको उनको भनाइ थियो।

    ‘रेशम चौधरीलाई छुटाइन्छ हेर्नुहोला’

    प्रचण्डले थुनामा रहेका रेशम चौधरीलाई थुनामुक्त गरिने बताएका छन्।

    आफू प्रधानमन्त्री हुँदा पनि भारतमा चौधरीलाई भेटेको बताएका प्रचण्डले भने, ‘रेशमलाई छुटाइन्छ हेर्नुहोला।’

    टिकापुर घटनाका मुख्य योजनाकारका रूपमा दोषी देखिएपछि चौधरी डिल्लीबजारस्थित कारागारमा थुनामा छन्।

    २०७२ भदौ ७ गते टीकापुरमा थरुहट आन्दोलन हिंसात्मक बन्दा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ७ जना प्रहरी र १ नाबालकको ज्यान गएको थियो।

    प्रचण्डले चौधरीलाई प्रतिनिधिसभा सांसदको रूपमा सपथ खुवाउन पनि आफूले भूमिका खेलेको बताए।

    ‘सभामुख र पार्टीलाई भनेर रेशमलाई सपथ खुवाउनुपर्छ भनेर मुख्य भूमिका खेल्ने मै हुँ,’ प्रचण्डले भने।

    उनले आफूले पहिचान आन्दोलन नभुलेको पनि दाबी गरे।

    आन्दोलन जारी छ, चौतारीमा सुस्केरा मारेको मात्रै हो

    अध्यक्ष प्रचण्डले संविधान संशोधन गर्न सकिने बताए।

    ‘संविधान बनाउने बेला पार्टीको तर्फबाट अध्यक्षको हैसियतले यति संविधानले पुग्दैन। आदिवासी जनजाति, मुस्लिम, थारू, दलित र महिलाका निम्ती थप अधिकार छ भनेर संविधानमा रिजरभेसन राख्ने नेतृत्व मैले गरेको हेक्का राखिदिनुपर्छ,’ उनले भने, ‘तपाईंहरूले हेक्का राखिदिनुभएन भने त्यो असत्य हुन्छ।’

    उनले अधिकार प्राप्ति आन्दोलन जारी रहेको पनि बताए। ‘हामी चौतारीमा सुस्केरा मारिरहेका छौं तर हाम्रो आन्दोलन जारी राखेका छौं,’ उनले भने, ‘तपाईंहरू पूर्ण मुक्ति नहुँदासम्म म ऋणी छु।’

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…