• उर्लाबारी, मोरङ रतुवामाई घर भई एक दशकदेखि राजधानीमा संघर्षरत सुमन कार्की यतिबेला हाँस्य प्रहसनमा ख्याति बटुलि रहेका छन् ।

    मुलुककै पहिलो रियालिटी शो कमेडी च्याम्पियनको टप ६ मा पर्न सफल हुनुपनि सफलताको सिढी उक्लिरहेको एउटा प्रमाण हो । देशको काल र परिस्थितिले जनतामा निरासापन छाइरहेपनि कलाकै माध्यमबाटै उनले भने वाहवाही पाइरहेका छन् । चिन्तित मान्छेलाई पनि हँसाउन सक्ने असाधारण खुबी सुमनमा रहेको उनको प्रस्तुति हेर्ने जो कोहीले महशुस गरेको अवस्था छ ।

    ओखल्ढुङ्गामा जन्मिएका सुमन हाँस्य कलाकारिताका हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, मनोज गजुरेल, राजाराम पौडेल, दीपक दीपाश्री, जितु नेपालजस्ता दिग्गज व्यक्तिहरुको सहकार्यसँगै उनीहरुको प्रेरणाले आफ्नो प्रस्तुतिमा थप निखार ल्याउन सफल छन् । हाल कान्तिपुुर टेलिभिजनबाट प्रसारण भैरहेको कमेडी च्याम्पियनमा टप – ६ मा परेपछि उनी उपाधिका प्रवल दाबेदार मानिएका छन् । समसामयिक विषयमा घतलाग्दो प्रस्तुति दिने सुमनले श्रमिक र निमुखाहरुको पक्षमा आफुलाई उभ्याउने गरेका छन् । बसका सहचालकका दुःख, डिउटीमा ट्राफिक प्रहरीले ब्यहोर्नु परेको भुक्तमान जस्ता प्रस्तुतिले दर्शकदीर्घालाई चसक्क छुन्छ नै । अर्को, सोसल मिडियाका विकृतिको मिहिन ढंगले पटाक्षेप गर्ने २७ वर्षीय उनले खासगरी युटुबका नकारात्मक क्रियाक्लाप पनि पस्किने गरेका छन् ।


    पत्रकार ऋषि धमलाको क्यारिकेचरमा आफुलाई दुरुस्तै ढाल्न सक्ने खुबी उनको छ । कमेडीयनकै कमेडी उतार्न पनि उनी सिपालु छन् । जस्तो की चर्चित हाँस्य कलाकार विल्सनविक्रम राई तोक्मे बुढाको भुमिकामा पनि उनी फिट छन् । यसबाहेक देश विदेशका चर्चित व्यक्तिका हाउभाउ र बोलीलाई पनि हुवहु बनाउनु उनको अर्को विशेषता हो । हाँस्य शैलीमा हरेक सन्दर्भ सामग्री पस्कने मुलुककै अग्रणी एफएम रेडियो अडियोमा लामो समयदेखि कार्यरत सुमन स्टेज कार्यक्रमहरु मा पनि दमदार प्रस्तुति दिएर उत्तिकै चर्चित छन् ।


    देशभरका प्रतियोगीलाई उछिन्दै सुमन कमेडी च्याम्पियनको टप ६ मा पर्न त सफल भए अब उनलाई खाँचो तिनीहरु कै छ जो सुमनको कमेडियन कलाबाट मुग्ध हुन्छन् । सामान्य आर्थिक अवस्थाका यिनै कमेडीयन सुमनलाई स्पर्धाको उपाधि उचाल्न यतिबेला वढीभन्दा वढी भोटको आवस्यक्ता छ । उनले आफूलाई माया गर्ने आमदर्शक स्रोतालाई जतिसक्दो धेरै भोट गरेर बिजेता बनाउन अपिल गरेका छन् ।



    उनलाई भोट गर्न नेपालमा हुनुहुने दर्शकले इ–सेवाको एप डाउनलोड गरेर भोट गर्न सक्नुहुन्छ भने नेपाल बाहिर रहेका दर्शकले कमेडी च्याम्पियनको एप डाउनलोड गरेर फ्री भोट गर्नुसक्नुहुन्छ । उनको भोटिङ कोर्ड नं. २० रहेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…