•  

    नयाँ पात्रोअनुसार असोज महिनामा मलमास परेकाले दशैँ कात्तिकमा परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राध्यापक डाक्टर रामचन्द्र गौतमले जानकारी दिए ।

    उहाँका अनुसार आउँदो वर्ष कात्तिक १ गते घटस्थापना परेको छ । यस्तै फूलपाती ७ गते, महाअष्टमी ८ गते, महानवमी ९ गते र विजयादशमी १० गते परेको उनले बताए ।

    यस्तै तिहार कात्तिक २८ गतेदेखि सुरु हुनेछ । २८ गते काग तिहार, २९ गते कुकुर तिहार र लक्ष्मी पूजा, ३० गते गोवर्द्धन तथा म्ह पूजा र भाइटीका मङ्सिर १ गते परेको गौतमले जानकारी दिए ।

    मलमास नपरेको बेलामा दशैँ सामान्यतया असोज पहिलो हप्ता सुरु हुन्छ । मलमासका कारण आउँदो वर्ष विवाहको साइत पनि घटेको नेपाल पञ्चाङग निर्णायक समितिका अध्यक्ष प्राध्यापक डाक्टर रामचन्द्र गौतमले जानकारी दिए।

    । उनका अनुसार आउँदो वर्ष विवाहको साइत १५ दिन मात्रै छ । यसैबीच नेपाल पञ्चाङ्ग निर्णायक समितिले गृह मन्त्रालयलाई बिदा सार्वजनिक गरी क्यालेन्डर छपाइका लागि बाटो खुला गर्न आग्रह गरेको छ । टोलीले गृह मन्त्री रामबहादुर थापालाई भेटेर यस्तो आग्रह गरेको हो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…