•  

    बिराटनगर, १ माघ । नोबेल शिक्षण अस्पतालले गत पुस महिनामा पूर्वी नेपालका बिभिन्न स्थानमा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरबाट करिव ४ हजार बिरामी लाभान्वित भएका छन् । पुस १ देखि २९ गतेसम्म चार स्थानमा सञ्चालित शिविरमा ३ हजार ८ सय ४४ बिरामीको निःशुल्क उपचार गरिएको नोबेल अस्पतालले जनाएको छ ।

    मोरङको इन्द्रपुर, इटहरा, सिरहाको गोलबजार र सुनसरीको तरहरामा शिविर सञ्चालन गरिएको नोबेल अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले जानकारी दिए । उनका अनुसार एक महिनाभर सञ्चालित शिविर मध्ये सवैभन्दा बढी इटहरामा १ हजार २ सय ६३ र सवैभन्दा कम सिरहाको गोलबजारमा ७ सय ५३ बिरामीको निःशुल्क उपचार गरिएको छ ।

    यता, तरहरामा ९ सय ६५ र ईन्द्रपुरमा ९ सय ६३ बिरामीले निःशुल्क उपचार पाएका छन् । चार वटै शिविरमा ६ सय ९ जनाको ईसीजी, ५ सय १६ जनाको भिडियो एक्सरे र ८ सय ७ जनाको ल्यावटेष्ट गरिएको छ ।

    स्थानीय संघ–सस्थासँग समन्वय गरेर सञ्चालन गरिएका शिविरमा नोबेलका बिशेषज्ञ डाक्टरसहितको टोलीले बिरामीको स्वास्थ्य परिक्षण गरेका थिए । ग्रामिण क्षेत्रका बिपन्न बिरामीलाई लक्षित गरी नोबेलले पूर्वी नेपालका गाउँ–गाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने अभियानलाई निरन्तरता दिइरहेको छ ।

     

    https://www.youtube.com/watch?v=VFzixEKhyFw&feature=youtu.be

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…