• मोरङ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सभामुखको चयन अविलम्ब गर्नुपर्ने बताएका छन् । विराटनगर विमानस्थलमा बरधबार सञ्चारकर्मीसँग उनले संसद्लाई अनिर्णयको बन्दी नबनाउन आग्रह गर्दै आफ्नो पार्टीलाई सभामुख दिएमा संसद् व्यवस्थित र मर्यादितरूपमा सञ्चालन गरिने जिकिर गरे ।

    सभापति देउवाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र आन्तरिक विवादका कारण सभामुखको चयनमा ढिलाइ भएको प्रसङ्ग उल्लेख गर्दै सो पार्टीभित्र गुटउपगुट रहेको जनताले प्रष्टरूपमा थाहा पाएको बताए ।

    उनले संसद्को गतिरोध हटाउन चाँडै संसदीय दलको बैठक बोलाउने र त्यसबाट ठोस निर्णय लिने जानकारीसमेत दिए। सभापति देउवाले संवैधानिक प्रावधानअनुसार प्रदेशमा सभामुख वा उपसभामुखमध्ये एक पद पाउनुपर्ने हो तर संविधानविपरीत कार्य भएकाले अविलम्ब सच्याउनुपर्नेमा जोड दिए ।

    एक प्रश्नको जवाफमा सभापति देउवाले बहुचर्चित एमसिसीलाई नेपाली कांग्रेसले पहिला नै समर्थन गरिसकेको र सरकारले पास गर्नुपर्नेमा जोड दिए ।

    उनले पार्टीको महाधिवेशनको मिति कुनै पनि हालतमा परिवर्तन नहुने बताउँदै पार्टीभित्र रहेका केही सामान्य समस्या समाधान गर्दै सङ्गठन बलियो बनाउने जिकिर गरे ।

    फाईल तस्बिर

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…