• काठमाडौं । उपसभामुख शिवमाया तुम्बाहाङ्फेले सभामुखको उम्मेदवार तय भएको केही मिनेटमै आफूले पदबाट राजीनामा दिने बताएकी छन् ।

    बुधबार बेत्रावतीमा गोसाईंकुण्ड युवा क्लबले आयोजना गरेको गोरु जुधाइ प्रदर्शनीमा उपसभामुख तुम्बाहाङ्फेले सभामुख चयन गर्ने निर्वाचन प्रक्रिया पूरा गरेपछि राजीनामा दिने बताएकी हुन्।

    प्रतिनिधिसभाको जेष्ठ सदस्यले अध्यक्षता गर्ने व्यवस्था गरेरमात्रै राजीनामा दिने तुम्बाहाङ्फेको भनाइ छ।आफू सभामुख चयनको बाधक नभएको भन्दै उनले संविधानअनुसार नै काम गरिरहेको बताइन्।

    ‘सभामुख पद रिक्त छ। प्रतिनिधिसभाको नेतृत्व अहिले उपसभामुखले गरिरहेको छ,’ तुम्बाहाङ्फेले भनिन, ‘यस्तो अवस्थामा एउटा अर्को कुनै दलले राजीनामा देऊ भनेर निर्देशन दिन मिल्दैन । सभामुख लिने दलले उम्मेदवार तय गर्नुस्, म निर्वाचन प्रक्रिया पूरा गरेर राजीनामा दिन्छु।’

    सभामुखमा पदमा आफ्नो पनि दाबेदारी रहेको तुम्बाहाङ्फेले बताइन्। आफू दलको सदस्य नभएकाले दलले के गर्छ थाहा नभएको उनको तर्क छ। ‘संविधानले जे गर भनेको छ, म त्यही गर्छु,’ तुम्बाहाङ्फेले भनिन्। कान्तिपुरबाट ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…