•  

    काठमाडौं । प्रदेश नम्बर १ को मुख्यमन्त्री शेरधन राईले सिक्किमको पुर्व मुख्यमन्त्री पवन चाम्लिङबाट आफू प्रभावित भएको बताएका छन् ।
    किरात राई यायोक्खा केन्द्रीय समितिले आज (माघ १) काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित किरात यले सम्वत ५०८० को शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले सो कुरा बताएका हुन् । पवन चाम्लिङले सिक्किममा गरेको विकास निर्माण, गरिवी न्युनिकरण, शिक्षा र स्वास्थ्य सम्बन्धी कार्यले आफूलाई प्रभावित बनाएको बताए । चाम्लिङ मुख्यमन्त्री भएको बेला पटक पटक भेट्ने प्रयास गरेको भन्दै सिक्किमको पूर्व मुख्यमन्त्रीको प्रसंशा गरेका थिए ।

    मुख्यमन्त्री राईले किरात राई यायोक्खाले उठाउँदै आएको राजनीतिक सामाजिक एजेण्डा सहि भएको बताए । सहभागिहरुले प्रदेश १ को नाम बारे बोल्ने अपेक्षा गरेपनि किरात यले सम्वतको शुभकामना, सिक्किमको पूर्व मुख्यमन्त्री चाम्लिङ र यायोक्खाको प्रशंसा गर्दै मन्तव्य टुङ्ग्याएका थिए ।

    सुभकामना मन्तब्य दिने क्रममा सिक्किमको निवर्तमान मुख्यमन्त्री पवन चाम्लिङले आफू हाल सत्तामा नभएपनी सक्रीय राजनीतिमा रहेको बताए । यद्यपि यो पटक आफू राजनीति व्यक्तीको रुपमा नभएर एउटा परिवार भएर पितृ देश नेपाल आएको बताए ।

    चाम्लिङ सिक्किमको एउटा निर्वाचन क्षेत्रमा मिरन्तर आठ पटक जितेको र पाँच पटक मुख्यमन्त्री भएर शासन चलाएका व्यक्ति हुन । मन्तव्यको क्रममा चाम्लिङले नेपाली भाषी र जातिले त्यो रेकर्ड बनाएर नेपालको गरिमालाई उच्च बनाएको बताए । सिक्किमको नाम्चिमा ९ बर्षमा चार धाम आफूले बनाएको त्यो पनि विश्व चर्चित रहेको उनले बताए ।

    त्यहाँ आफूले जैविक खेतिको सुरु गरेर भारतको २२ औ राज्य सिक्किमलाई चिनाउने प्रयास गरेको बताए । भारतको शिक्किम शिक्षित राज्य, अनिकाल मुख्त राज्य हो । त्यहाँको जनताले शिक्षा, स्वास्थ्य, न्युननत खाद्यन्न निशुल्क पाउने बताए ।

    चाम्लिङले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलई आधारधूत शिक्षा, स्वास्थ्य, खाद्यन्न, जनतालाई घर उपलब्ध गराउन सुझाव दिएका छन । राजनीतिक विषयमा कुरा गर्दै चाम्लिङले जनता भड्काउनु, उचाल्नु सजिलो भएपनि मान्छेलाई सकारात्मक बाटोमा हिडाउन, आर्थिक विकाशमा लगाउनु कठिन हुने बताए ।

    चाम्लिङले विश्व कृतिम कुराहरुसँग प्रतिष्प्रर्धा गर्न थालेको हुँदा मान्छेले पछि पा¥यो नभनेर प्रतिष्प्रर्धी हुनुपर्ने बताए । जीवन छोटो भएकोले राम्रो गर्ने, बोल्ने र मानवीय सेवामा लाग्नु पर्ने बताए । प्रकृतिक र मानव संसाधन पुर्ण प्रयोग गर्नु पर्ने बताए । प्रत्येक व्यक्ति मेहनत गर्नु पर्दछ । केही भएन भने हलो र मर्चा बनाउने सीप प्रयोग गर्न सहभागिहरुलाई सुझाव दिए । नेपाल भ्रमण बर्ष २०२० घोषणा गरेकोले आउने अतिथिहरुलाई स्थानीय खाना खुवाउन सुझाव दिए । जैविक बनाउन सके नेपाल विस्वमा आर्थिक विकाश हुन सक्ने बताए । नेपालमा जैविक (ओर्गे्निक) देश बनाउने पहल भए आफ्नो सहयोग रहने बताए ।

    १) चाम्लिङलाई हाङ यलम्बर स्मृति सम्मान
    यायोक्खाले किरात नयाँ वर्षको अवसरमा सिक्किमको निवर्तमान मुख्यमन्त्री माननीय डा. पवन चाम्लिङलाई “हाङ यलम्बर स्मृति सम्मान पुरस्कार ५०८०“द्वारा सम्मान गरिएको छ । पुरस्कारको राशी २ लाख २२ हजार २२२ रहेको छ ।
    चाम्लिङले लोकतान्त्रिक पद्धतिबाट २५ बर्ष लामो शासन गर्दै विश्व रेकर्ड कायम गरेका थिए । सत्तामा रहदा समुदायको भाषिक, सास्कृतिक विकासमा योगदान गर्नुको साथै सिक्किमलाई भौतिक विकाश गरेर समुदायको शीर उच्च बनाएकोमा यायोक्खा नेपालले सम्मान गरेको हो ।
    यायोक्खासँगै किरात राई विध्यार्थी संघको केन्द्रीय अध्यक्ष जितेन राई लगायतको टोलि, किरात राई रानाहोछा समाज, किरात राई वान्तावा खिम, लगायतको टोलीले चाम्लिङलाई मायाको चिनो, अभिनन्द पत्रहरुले सम्मान गरेको थियो ।

    २) प्रदेश १ को नाम किरात नछोडिने
    कार्यक्रममा शुभकामना मन्तव्य दिने क्रममा संघीय सांसद हेमकुमार राई (सुरवीर)ले प्रदेश १ को नाम किरात नै हुनु पर्ने बताउदै आफूहरु हिजो कोशीको लागि नलडेको बताए । आफू किरात प्रदेशको लागि भूमिका खेल्ने बताए ।

    प्रदेश १ को सांसद रामकुमार राई (पासाङ)ले पार्टीले प्रदेशको नाम र राजधानी बारे हस्तक्षेप गर्न नुहने बताए । मुख्यमन्त्री शेरधन राईलई प्रदेशको नाम किरात प्रस्ताव गर्नु सुझाव दिदै आफूहरु जस्तो सुकै सहयोग गर्न तयार रहेको बताए ।

    यायोक्खा केन्द्रीय अध्यक्ष दिवस राईले प्रदेश १ को नाम किरात राख्न लामो समयदेखि संस्थाले मिहिनेत गरिरहेको बताउदै अव तार्किक निष्कर्षमा पु¥याउन मुख्यमन्त्री शेरधन राईलाई आग्रह गरे । किरात प्रदेश नभए प्रदेशमा निक्कै लामो आन्दोलनहुन सक्ने अध्यक्ष राईको भनाइ थियो ।

    कार्यक्रमको अतिथि र सहभागिहरुलाई स्वागत गर्ने क्रममा उपाध्यक्ष जीवन हाताचो राईले प्रदेशको नाम किरात हुनेमा आफूहरु ढुक्क रहेको बताए । उद्घोषणको क्रममा महासचिव जनक राईले किरात यले सम्वत ५०८० लाई पनि किरात प्रदेश अभियानकै रुपमा अघि बढाइएको बताए ।

    कार्यक्रममा संघीय सांसद शुरेस राई (हिमाल) जय राई, पूर्वमन्त्री गोपाल किराँती, पदम राई लगायतको नेता तथा सांसदहरुको उपस्थिती रहेको थियो ।

    कार्यक्रममा पार्वती राई, भीषण मुकारुङ, जानुका राई, पदम राईलगायतले गीत प्रस्तुत गर्नुको साथै यायोक्खा काठमाडौ जिल्ला समितिले साकेला प्रस्तुत गरेर सांगीतिक मनोरञ्जन दिएका थिए । सहभागीहरुलाई सेल रोटि, तरुल, तिलको लड्डु, वंगुरको मासु लगायतको परिकारको भोजन गराएका थिए । कार्यक्रममा करिव १५ सयको सहभागिता रहेको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…