पेरिस। फ्रान्स तथा फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का युवा फरवार्ड केलियन एमबाप्पे विश्वको सर्वाधिक महँगा खेलाडी बनेका छन् ।
दि सीआईईस फुटबल अब्जरभेटोरीको एक अनुसन्धानले एमबाप्पे विश्वकै सर्वाधिक महँगा खेलाडी रहेको उल्लेख गरेको हो । उनको मूल्य २ सय २५ मिलियन पाउन्ड तोकिएको छ । उनीभन्दा पछि इंग्ल्यान्ड तथा प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीका रहिम स्ट्रलिङ रहेका छन् ।
उनको मूल्य १ सय ९० मिलियन पाउन्ड तोकिएको छ । इजिप्ट तथा प्रिमियर लिग लिरपुलका मोहम्मद सलाह १४९ मिलियन पाउन्डसहित तेस्रो स्थानमा रहेका छन् । दि सीआईईस फुटबल अब्जरभेटोरीको अनुसन्धानले इंग्ल्यान्ड, स्पेन, इटाली, फ्रान्स र जर्मनीमा आधारित रहेर क्लब, पोजिसन र उमेरका आधारमा यो अनुसन्धान तयार पारेको हो । यस्तै, अनुसन्धानमा उनीहरूको सम्झौता अवधि, राष्ट्रियता र क्लबको आर्थिक स्तरले पनि खेलाडीको मूल्यबारे आँकलन गरिएको छ ।
महँगा खेलाडीको सूची
१. केलियन एमबाप्पे (२२५ मिलियन पाउन्ड)
२. रहिम स्ट्रलिङ (१९० मिलियन पाउन्ड)
३. मोहम्मद सलाह (१४९ मिलियन पाउन्ड)
४. जाडोन सान्चो (१४३ मिलियन पाउन्ड)
५. साडियो माने (१३२ मिलियन पाउन्ड)
६. ह्यारी केन (१२८ मिलियन पाउन्ड)
७. मार्कस रासफोर्ड (११४ मिलियन पाउन्ड)
८. लियोनेल मेस्सी (१०७ मिलियन पाउन्ड)
९. एन्टोइन ग्रिजमन (१०५ मिलियन पाउन्ड)
१०. लोउटारो मार्टिनेज (९८ मिलियन पाउन्ड)