• काठमाडौं । शारीरिक अस्वस्थता भएकी एक युवतीलाई ललितपुर कुसुन्तीस्थित एक चर्चका पास्टरले रोग निको पार्ने नाममा पटकपटक बलात्कार गरेको खुलेको छ । कुसुन्तिस्थित आशा विश्वास मण्डलीका पास्टर ‘विश्वास’ भनिने ध्रुवबाबु जोशीले २१ वर्षीय युवतीलाई रोग निको पार्ने नाममा विगत तीन महिनादेखि पटकपटक जबर्जस्ती करणी गरेको खुलेको हो ।

    महानगरीय प्रहरी परिसर ललितपुरका डीएसपी सन्तोष तामाङले पास्टर जोशीले ती युवतीमाथि रोग निको पार्ने नाममा पटकपटक जबर्जस्ती करणी गरेको र पीडित युवतीको लिखित जाहेरीका आधारमा पास्टर जोशीलाई पक्राउ गरी अनुसन्धान थालिएको बताए । ‘पीडित युवतीको उजुरीका आधारमा प्रहरीले पास्टर जोशीलाई पक्राउ गरेको छ, प्रारम्भिक अनुसन्धानले युवतीमाथि तीनपटक करणी भएको देखाउँछ, थप अनुसन्धान हुँदै छ,’ महानगरीय प्रहरी परिसर ललितपुरका डीएसपी तामाङले राजधानीसँग भने ।

    विगत १० वर्षदेखि क्रिस्चियन धर्म मान्दै आइरहेकी ती युवतीलाई पास्टर जोशीले आफूलाई परमेश्वरले सपनामा पापका कारण तिमी अस्वस्थ भएको भन्ने सन्देश दिएको र पाप पखाल्न आफूसँग यौन सम्बन्ध राख्न भनेको तथा त्यसो गरे रोग निको हुने भन्दै युवतीमाथि करणी गरेको प्रहरीले जनाएको छ ।

    रोग निको हुने आसमा सो मण्डलीमा आफू जाने गरेको ती युवतीले प्रहरीलाई दिएको जाहेरीमा उल्लेख गरेकी छन् । युवतीले प्रहरीमा दिएको जाहेरीनुसार उनीमाथि पहिलोपटक करिब तीन महिनाअघि ललितपुर चापागाउँ मोडस्थित एक गेस्टहाउसमा लगेर करणी गरिएको थियो । त्यसपछि दुईपटक भने युवतीले सञ्चालन गर्दै आएको पसलमा पुगेर पास्टर जोशीले करणी गरेका थिए ।

    पास्टर जोशीले आफूलाई परमेश्वरले सपनामा पापका कारण तिमी अस्वस्थ भएको भन्ने सन्देश दिएको र पाप पखाल्न आफूसँग यौन सम्बन्ध राख्न भनेको तथा त्यसो गरे रोग निको हुने भन्दै करणी गरेको युवतीले प्रहरी समक्ष बताएकी छन्

    त्यस बखत भने जोशीले पहिलेसमेत आफूसँग सम्बन्ध राखिसकेको र नमाने सबैलाई भन्ने धम्की दिएको जाहेरीमा भनिएको छ । परिवारबाट समेत अपहेलित रहँदै आएकी ती युवती हाल एक संस्थाको संरक्षणमा बस्दै आएकी छन् ।
    उनले आफूलाई व्यवसायको व्यवस्थापन गर्ने संस्थाको प्रतिनिधिको सहयोगमा प्रहरीसमक्ष जाहेरी दिएकी हुन् । पास्टर जोशीले युवतीलाई घटनाबारे कसैलाई जानकारी दिए परमेश्वरले दिएको शक्ति नाश हुने भन्दै त्रास देखाएको प्रहरीले जनाएको छ । जोशीको सो किसिमको व्यवहारपछि उनले शंका लागेर आफूलाई संरक्षण गर्ने संस्थाका प्रतिनिधिलाई जानकारी गराएको समेत प्रहरीसमक्ष भनेकी छन् । गोरखा नगरपालिका–६ स्थायी घर भएका ४६ वर्षीय जोशी विगत तीन वर्षदेखि मण्डलीका पास्टर रहँदै आएको प्रहरीले जनाएको छ ।

    जोशीले युवतीमाथि करणी गरेको स्वीकार गरिसकेको प्रहरीको भनाइ छ । प्रहरीले गेस्टहाउसका सञ्चालकसँग समेत सो विषयमा सोधपुछ गरिसकेको छ । जोशीले धादिङमा समेत चर्चका नाममा स्थानीयसँग जग्गा लिएर आफ्नो नाममा गरेको आरोप लिएर परिसर ललितपुरमा स्थानीय आएको डीएसपी तामाङले जानकारी दिए । सोबारेमा समेत उनीमाथि अनुसन्धान हुने तामाङले जानकारी दिए । जोशी गोरखाको महेन्द्रज्योति माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्षसमेत थिए । केही वर्षअघि जोशीसँगको सम्बन्धकै कारण उनकी सालीले समेत झुन्डिएर आत्महत्या गरेकी थिइन् । सालीले घरमै आत्महत्या गरेपछि जोशी घर छाडेर हिँडेको बताइन्छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…