काठमाडौँ ।
नेपाल भूकम्पीय जोखिममा रहेको विभिन्न अध्ययनहरुले देखाइरहेका छन् । चार वर्ष पहिले गएको बिनासकारी भूकम्पको क्षति हामीले भोगिसकेका छौं । त्यस भूकम्पमा ठूलो जनधनको क्षति भयो । हामीले बनाएका कमजोर संरचनाकै कारण यति ठूलो क्षति भएको हो ।
भूकम्पीय जोखिममा रहेका नेपालका प्रमुख शहर मध्ये काठमाडौं पहिलो नम्बरमा छ । तर यहि शहरमा भिमकाय भवनहरु निर्माण गर्ने होडबाजी पछिल्ला दिनहरुमा बढ्दो छ । यी भवनहरु कति बलिया होलान् त्यो एकातिर छ , तर जोखिम हुन सक्ने अवस्था तर्फ पनि ध्यान दिनु पर्ने देखिन्छ । हामीले यसपटक राजधानीमा निर्माण गरिएका ११ अग्ला भवनहरुको बारेमा जानकारी दिने प्रयास गरेका छौं । हेरौं यो भिडियोमा
https://youtu.be/noBDJQE9jCQ