नैरोवी-केन्यामा आफ्नो पति अर्कै महिलासँग देखेपछि एक महिलाले केवल १ हजार ८ सय ११ रुपैयाँमा पतिलाई बिक्री गरेकी छन् । एडना मुकावानाले आफ्नो ओछ्यानमा पतिलाई अर्की महिलासँग देखेपछि उनलाई घरबाट निकालिदिएकी हुन् । यसअघि उनले सौतासँग केवल १७ डलर लिएर उनको पतिलाई सधैंका लागि छोड्न भनेकी थिइन् ।
दोस्री महिलाले जब उनलाई १७ डलरको प्रस्ताव गरेर आफ्नो पतिलाई सधैंका लागि छोड्न भनेपछि मुकावानले पनि उक्त प्रस्ताव स्वीकार गरेकी थिइन् । उडनाले सोही रकममा आफ्नो पति सौतालाई बेचिदिएकी हुन् ।
यो पैसाबाट उनले आफ्ना बच्चालाई नयाँ वर्षको अवसरमा नयाँ कपडा किनिदिएकी थिइन् । पतिले धोका दिएकाले आफु उनीसँग बस्न नचाहेको पनि उनले बताइन् ।