झापा । माघे सङ्क्रान्ति पर्वको अवसरमा झापाको कनकाई (माइ) नदी किनारमा लागेको माइबेनी मेलामा प्रहरीकै अघि जुवाखाल सञ्चालन गरिएको छ ।
दर्शक र भक्तजनबाट मनमौजी रकम असुली भइरहेको छ भने कानूनले बर्जित गरेका गतिविधीहरु भइरहेका छन् । पार्किङ शुल्क भन्दै २ सय रुपैयाँ उठाउने एक युवालाइृ प्रहरीले पक्राउ गरेको छ । यो मेलामा हरेक बर्ष पार्किङ शुल्क मनमौजी उठाउने गरिएपनि स्थानीय सरकारले नियन्त्रण गरेको छैन । चर्को शुल्क तिर्नुपर्दा भक्तजनहरु ऋार्जित भएका छन् ।
कनकाई नगरपालिकाले कनकाई नदी पूर्व मेला स्थल सहित पार्किङ शुल्कको ठेक्का लगाएको थियो । नगरपालिकाले तोकेको भन्दा चौगुना पार्किङ शुल्क उठाउँदा पनि स्थानीय सरकारले यसतर्फ कुनै चासो नदेखाएको हो । आठ लाख रुपैयाँमा खुलाएको ठेक्का नगरपालिकाले १८ लाख रुपैयाँमा दिएको खुलेको छ । नगरपालिकाले मोटरसाइकल र स्कुटरका लागि ५० रुपैयाँ, साना सवारीसाधनलाई १५० रुपैयाँ र ठुला सवारीसाधनको ३०० रुपैयाँमा ठेक्का लगाएको थियो ।
तर, ठेकेदार विडि कन्स्ट्रक्सनले मोटरसाइकल र स्कुटरको २००, साना सवारीसाधनको ५ सय र ठुला सवारीसाधनको एक हजार रुपैयाँसम्म पार्किङ शुल्क उठाएको छ ।