• काठमाडौं । सभामुख चयनको विषय सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पेचिलो बन्दै गएको छ । जसले पूर्व एमाले र पूर्व माओवादी भित्र ध्रुवीकरण बढ्दै गइरहेको छ ।

    नेकपाको शीर्ष तहमा नै ध्रुवीकरण बढेपछि सभामुख चयन प्रकृया थप जटिल बन्दै गइरहेको छ । जसले हिउँदे अधिवेशन प्रभावित हुनुका साथै सरकारको काम कारबाहीमा नै असर परेको छ ।

    संघीय संसद अन्तर्गतको प्रतिनिधिसभाको सभामुख पद नेकपा भित्रै प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच जुङ्‍गाको लडाइजस्तो नै बनेको छ । सभामुख जो बनेपनि पार्टी भित्रकै व्यक्ति बन्ने हो भन्दा पनि आफू निकटको व्यक्तिलाई ल्याउन खोज्दा असमझदारी बढ्दै गएको हो ।

    सभामुख चयन नहुँदा नेकपाकको बैठकसमेत बस्न सकिरहेको छैन । आगामी ६ गतेका लागि नेकपाले बोलाइएको छ । तर, सभामुख चयनको लफाडा चाडै अन्त्य हुने संकेत छैन ।

    ओली र प्रचण्डबीच पनि आइतबार यता कुनै सम्बाद हुन सकेको छैन । जसले सभामुख चयन प्रकृया थप अन्योलमा परेको छ ।

    गत शनिबार नेकपा सचिवालय बैठकले उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजीनामा गराउने निर्णय भएको थियो । त्यसको भोलिपल्ट अर्थात आइतबार प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष ओली अर्का अध्यक्ष प्रचण्ड, उपसभामुख तुम्बाहाम्फेबीच छलफल भएको थियो ।

    उक्त छलफलमा उपसभामुख तुम्बाहाङ्फेले पदबाट राजीनामा नदिने चेतावनी दिएसँगै दुई अध्यक्षबीचको वार्तापनि रोकिएको छ ।

    प्रधानमन्त्री केपी ओली नयाँ सभामुखमा सुवास नेम्वाङलाई ल्याउन चाहन्छन् भने प्रचण्ड अग्नी सापकोटालाई बनाउन खोजिरहेका छन् । त्यसैमा नेकपाको नेकपाभित्र कुरा बाँझिरहेको छ ।

    राष्ट्रपति विद्यादेवी भण्डारी उपसभामुख शिवमायालाई नै सभामुख बनाउनुपर्ने भन्ने सोचमा छिन । जसले नेताहरूको मत बाँझिरहेको छ ।

    समस्या जटिल बनेपछि नेकपाका नेताहरु आन्तरिक भेटघाट र निकटस्थहरुसँगको संवादमा छन् । जे भए पनि नेकपाले यस विषयलाई चाडो टुंगाएर प्रतिनिधिसभालाई अनिर्णयको बन्दी बनाउँनु हुँदैन ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…