• काठमाडौं । भक्तपुर जिल्ला अदालतले पक्राउ गर्न आदेश दिएको थाहा पाएपछि विवादाष्पद अस्पताल संचालक दुर्गा प्रसाईं फरार भएका छन् ।

    प्रसाईँविरुद्ध जिल्ला अदालत भक्तपुरमा मानहानीको मुद्दा दायर भएको थियो । जिल्ला अदालत भक्तपुरले प्रसाईँलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो ।

    चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले प्रसाईँविरुद्ध मानहानीको मुद्दा दायर गरेका थिए ।

    प्रसाईँले गएको पुस २३ गते काठमाडौँमा पत्रकार सम्मेलन गरी आफूसँग डा. गिरीले २० करोड घुस मागेको दावी गरेका थिए ।

    प्रहरीले पक्राउ गर्न लागेको सूचना पाएपछि प्रसाईं फरार छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…