•  

     

    चालु आर्थिक वर्षको हालसम्म प्रदेश १ मा टिपरका कारण १४ वटा सडक दुर्घटना भएका छन् । टिपर दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।

    तीव्र गतिमा कुदाइँदा, अनुभव नभएका चालक, साँघुरो सडक लगायतका कारणले टिपर दुर्घटना भएको पाइएको ट्राफिक प्रहरीले जनाएको छ ।

    सडकमा प्रतिस्पर्धात्मक रुपमा तीव्र गतिमा कुदाइने टिपरका कारण प्रदेश १ का तराईका जिल्लामा सडक दुर्घटना बढि हुने गरेका छन् । ढुंगा, गिट्टी, बालुवा, माटो लगायतका निर्माण सामग्री ढुवानीमा प्रयोग गरिने टिपर लोड भएको अवस्थामा पनि सडकमा अतिनै तीव्र गतिमा कुदाइने गरिएको छ ।

    बनावटका हिसाबले अरु सवारी जस्तो सजिलो नहुने टिपर निश्चित गतिमा कुदाउन आवश्यक रहेको ट्राफिक प्रहरीले जनाएको छ । मोरङको बेलबारी उद्योग बाणिज्य संघका महासचिव विवेक मिश्र टिपरमा चालकको लापरवाही धेरै रहेको बताए ।

    तीव्र गति र सडक दुर्घटना न्यूनीकरण मुख्य उदेश्य राखेर ट्राफिकले २०७५ चैत ११ गतेबाट प्रदेश १ का मोरङ, सुनसरी, झापा र उदयपुरमा सञ्चालित टिपरमा ‘टाइम कार्ड’ पनि लागू गरेको छ । यो नियमअनुसार ट्राफिक प्रहरीले तोकेको र चालकलाई वितरण गरिएको कार्डमा उल्लेख भएको समयमा टिपर गन्तब्यमा पुग्नु पर्ने हुन्छ । तर ट्राफिकलाई छल्दै टिपर अत्याधिक गतिमा चलाइन्छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…