•  

    झापा - गौरादह उद्योग वाणिज्य संघमा नयाँ नेतृत्व चयनका लागि आगामी माघ १८ गतेका लागि चुनावको मिति तोकिएको छ । यहाँ सरकारको नेतृत्व गरिरहेको दल नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस निकटका व्यापारी बीच चुनावी प्रतिस्पर्धा हुने निश्चित प्राय छ ।

    तत्कालिन नेकपा एमाले र माओबादी केन्द्र बीचको पार्टी एकता पछि हुन लागेका कारण पनि यस चुनावलाई स्थानीय स्तरमा निकै महत्वका साथ् हेरिएको छ ।

    व्यावसाियहरुको चुनावको मिती नजिकिदै जादा दलहरुको समेत सकृयता वढेको छ । उद्योग वाणिज्य संघलाई कतिपय नेताहले प्रतिष्ठासंग जोडेपछि निर्वाचन जटिल र महंगो बन्दै गएको छ । उम्मेदवार छनौट देखि लिएर चुनावी रणनीति कसरी तय गर्ने भन्नेबारेमा दलका नेताहरुले आन्तरिक छलफललाई तिब्रता दिएका छन् ।

    त्यसो त हालको नेकपालाई आफ्नो तर्फबाट उम्मेदवार छनौट गर्न कम चुनौतीपूर्ण छैन ।

    एकता पछी नेकपा देशकै ठुलो दल भएको छ । 'ठुलो दल भएपछी आकांक्षीहरु पनि धेरै भएकाले उम्मेदवार छनौट गर्न सकसपूर्ण छ, नेकपाका एक नेताले भने - ' धेरैको आकांक्षा छ, साथीहरुलाई कसरी सम्बोधन गर्ने भन्ने बिषयमा हाम्रो छलफल केन्द्रित छ । सम्भवतः आठ गतेसम्ममा हाम्रो तर्फबाट सबै उम्मेदवारको टुंगो लगाउनेछौ ।'

    प्रधानमन्त्री केपी शर्मा ओलीको निर्बाचन क्षेत्र समेत रहेको गौरादहलाई नेकपाको पकड क्षेत्र मानिन्छ । आफ्नो पकड क्षेत्रमा हुन् गईरहेको चुनावमा जुनै हालतमा पनि 'क्लिन स्विफ्ट' गर्ने रणनीतिमा नेकपा रहेको स्रोत बताउछ । यधपी बडो महत्वका साथ् हेरिएको गौरादह खानेपानी र शुभलक्ष्मी सहकारीको चुनावमा नेकपाले मुख्य पद हत्याउन सकेको थिएन ।

    प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले पनि आफ्नो तर्फबाट क-कसलाई उम्मेदवार बनाउने भन्ने बिषयमा ठोस निर्णय लिन सकेको छैन । केहि पदका लागि उम्मेदवारको छनौट भएपनि कांग्रेस भित्र अहिलेकै नेतृत्वलाई निरन्तरता दिने कि भन्ने बिषयमा फरक धारबाट पनि कुरा उठेको स्रोतको दाबी छ ।

    अहिले उधोग वाणिज्य संघको अध्यक्षमा कांग्रेसबाट बिजयी भएका जिवन राई छन् । वर्तमान नेतृत्वको कार्यशैलीका कारण पनि कांग्रेस 'सेल्फ डिफेन्स' को खोजीमा रहेको स्रोत बताउछ । राईलाई गोठाले प्रवृतिबाट संस्था चलाएको आरोप छ ।

    त्यसो त कांग्रेस अन्तिम बिन्दुसम्म पनि सहमतिकै खोजिमा रहेको छ । विश्वसनीय स्रोतका अनुसार अध्यक्ष र महासचिव पद नेकपालाई दिएर अरु मेजर पद आफु लिने र सदस्य पद आधा-आधा गर्ने प्रस्तावमा कांग्रेस रहेको छ । तर यो प्रस्ताव नेकपाले स्वीकार नगरेमा कांग्रेस खानेपानी र शुभलक्ष्मी सहकारीको जस्तै चुनावी रणनीतिमा लाग्ने छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…