• काठमाडौं । रामचरितमानसको अरण्यकाण्डमा रावण र मारीचको प्रसंग उल्लेख गरिएको छ। गोस्वामी तुलसीदासले सो प्रसंगमा ९ प्रकारका मानिसहरुसँग दुश्मनी गर्न नहुने बताएका छन् । यस्ता व्यक्तिको कुरा तुरुन्त मान्नु नै बुद्धिमानी हुने उनले सम्झाएका छन् । नत्र समस्यामा फस्न सकिनेछ ।

    सो प्रसंगमा गोस्वामी तुलसीदासले भनेका छन्,' नचाहदा नचाहदै पनि मारीचले रावणको कुरा मान्नु पर्यो । रावणको आग्रहपछि स्वर्ण मृग बन्नु पर्यो जबकि मारीचलाई थाहा थियो उनलाई श्रीरामले मार्ने छन् ।'

    सीतालाई हरण गर्नको लागि रावण मारीच भएको ठाँउमा पुगे । तब उनले भने,' तिमी छल-कपट गर्ने स्वर्ण मृग बन, ताकि म सीतालाई हरण गर्न सकु ।' मारीचले रावणलाई सम्झाए, 'तिमी श्रीरामसँग दुश्मनी नमोल।'

    मारीचको कुरा सुनेर रावण क्रोधित हुदै आफ्नै बल र शक्तिको घमण्ड गर्न थाले । तब मारीचले बुझे कि सीता हरण गर्नको लागि रावणको मद्दत गर्नुमै भलाई छ । रावणको हातबाट मारिनुभन्दा श्रीरामको हातबाट मर्नु ठिक हुनेछ र जसबाट आफ्‍नो उद्धार हुनेछ ।

    तब मारीच हृदयँ अनुमाना। नवहि बिरोधें नहिं कल्याना।।
    सस्त्री मर्मी प्रभु सठ धनी। बैद बंदि कबि भानस गुनी।।

    श्लोकमा मारीचको सोच बताईएको छ । कि हामीले कस्ता मानिसहरुको कुरा तुरुन्तै मान्‍नु पर्छ । अन्यथा प्राण संकटमा पर्न सक्छ । यस दोहका अनुसार शस्त्रधारी, हाम्रो रहस्य जान्ने , समर्थ स्वामी, मूर्ख, धनवान व्यक्ति, वैद्य, भाट, कवि र क्रोधी यी मानिसहरुको कुरा तुरुन्त मान्नु पर्छ । यीनिहरुको कहिले विरोध गर्न हुन्न । अन्यथा प्राण संकटमा पर्न सक्छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…