• वीर गणेशमान सिंह स्मृति तेस्रो राष्ट्रिय खुला किक बक्सिङ प्रतियोगिता शुरु भएको छ । ललितपुर जिल्ला किक बक्सिङ सङ्घको आयोजनामा ललितपुरको चापागाउँस्थित प्याङगाउँमा बिहीबारदेखि उक्त प्रतियोगिता शुरु भएको हो । प्रतियोगिताको नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले उद्घाटन गरेका हुन् ।

    पहिलो दिन सम्पन्न खेलमा पुरुष ५० किलोतर्फ एपीएफका सञ्जय राई र नरेन्द्र कुँवर, मुवाँथाईका रामबहादुर रानामगर र निखिल श्रेष्ठ, बयमान्डुका अनुज कार्की, नेपाल पुलिस क्लबका धनबहादुर तामाङ, सो क्योकुसिनका धीरज परियार, त्रिभुवन आर्मी क्लबका यमराज थापामगर र आशिष राई, मकवानपुरका सफल विक तथा दी गोर्खाका सन्तोष सिलवाल आआफ्नो खेलमा विजयी भई अर्को चरणमा प्रवेश गरेका छन् ।

    यस्तै पुरुष ५५ किलोतर्फ रेजका मदनकृष्ण डङ्गोल, मकवानपुरका सागर राई, मुवाँथाईका दावा फुञ्जो शेर्पा, सो क्योकुसिनका मनिष दर्लामी, उसुका जीवन विष्ट, नेपाल प्रहरीका दीपेन्द्र सिञ्जाली मगर, त्रिभुवन आर्मीका तारा तामाङ र एपीएफका फुर्वा शेर्पा क्वाटरफाइनलमा प्रवेश गरे ।

    पुरुष ६० किलोतर्फ रोशन अछामी, त्रिभुवन आर्मीका सुनिल सिरिश मगर, चोपबहादुर बुढाथोकी, तेक्वान्दोका विमल रोकाया, नेपाल पुलिस क्लबका मुकेश पण्डित, सो क्योकुसिनका एलिश आचार्य, मकवानपुरका उत्तम स्याङताङ र मुवाँथाईका विजय रसाइली आआफ्नो खेलमा विजयी भई अर्को चरणमा प्रवेश गरेका छन्।

    यसैगरी महिला ५० किलोतर्फ त्रिभुवन आर्मी क्लबकी रुविका खड्का र शान्ति थापामगर, आइकेकेएफकी करिष्मा कार्की, सो क्योकुसिनकी दीपा शाही, एपीएफकी सञ्जुमाया थिङ, मुवाँथाइकी डेनिका राई तथा अञ्जना ढुङ्गेल क्वाटरफाइनलमा पुगेका छन् । तीन दिनसम्म चल्ने सो प्रतियोगितामा १२२ खेलाडी सहभागी रहेको आयोजक सङ्घका अध्यक्ष विनोद महर्जनले जानकारी दिए ।

    पुरुषतर्फ छ तथा महिलातर्फ पाँच स्पर्धा समावेश छन् । प्रत्येक स्पर्धामा पहिलो हुनेले रु ३० हजार, दोस्रोले रु १५ हजार तथा तेस्रो हुने दुई खेलाडीले जनही रु आठ आठ पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको विजेता टोलीले रु एक लाख, उपविजेताले रु ५० हजार तथा उत्कृष्ट पुरुष र महिला खेलाडीले जनही रु २५ हजार पुरस्कार प्राप्त गर्ने छन् । प्रतियोगिताको नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले उद्घाटन गरेका हुन् ।

    सो अवसरमा १३औँ दक्षिण एशियाली खेलकूद ९साग० मा दोहोरो स्वर्ण जितेका आयशा शाक्य र मन्डेकाजी श्रेष्ठ, स्वर्ण विजेता विप्लवलाल श्रेष्ठ, रजत विजेता दिवस श्रेष्ठ, कास्य विजेता विनोद शाक्य गुभाजु, मुकुन्द्र महर्जन र निकेश श्रेष्ठलाई सम्मान गरिएको थियो । आयशा तेक्वान्दो र निकेश उसुका हुन् भने बाँकी सबै करातेका खेलाडी हुन् । सो अवसरमा सागमा प्रशिक्षकको भूमिका निर्वाह गर्नुभएका करातेका गङ्गाराम महर्जन र दीपक श्रेष्ठलाई समेत सम्मान गरिएको थियो ।
    रासस

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…