उर्लाबारी, पछिल्लो समय मुस्कान सहितको सेवा दिने नेपाल प्रहरीका जवान देखि उच्च अधिकारीहरू पालैपालो घुस लेनमा मुछिन थालेका छन् । कहिले प्रहरी तपाईको साथी त कहिले मुस्कान सहितको सेवा जस्ता कर्णप्रिय नारा सहित सेवामा समर्पित प्रहरीहरू नै घुस सहित रङ्गे हात पक्राउ पर्न थालेपछि प्रहरी प्रतिको विश्वस्नीयता समेत घट्दै गएको छ ।
भ्रष्टाचार कसुरमा अख्तियारको फन्दामा परेका इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी हवल्दार राजु श्रेष्ठले त्यही श्रृङ्खलाका एक पात्र हुन् । त्यति मात्र होइन, प्रहरीको बर्दी लगाएर सम्पत्ति कमाउ धन्दामा लागेका श्रेष्ठले आफ्नै सहकर्मीसँग अवैध सम्बन्ध राखेको खुल्न आएको छ । दमक १ का स्थायी बासिन्दा श्रेष्ठले घरमा श्रीमती हुँदाहुँदै एकजना महिला प्रहरी जवानलाई गुपचुप श्रीमती बनाएको रहस्य खुलेको हो । उनी इप्रका उर्लाबारीमै कार्यरत प्रहरी जवान कोपिला फुयलसंग लामो समयदेखि रिलेशनसिपमा रहेको पाइएको हो ।
घुस लिदै गर्दा अख्तियारले रंगेहात पक्राउ गरेपछि मात्र श्रेष्ठले बहुविवाह गरेको खुलेको हो । श्रेष्ठले वहुविवाह गरेकोप्रति उनका परिवारजन भने बेखबर छन् । गत पुस ११ गते दमक ताराबारीस्थित एउटा काठ मिलमा रकम असुली गर्दैगर्दा नगद ८ हजारसहित हवल्दार श्रेष्ठलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको थियो । अख्तियारले घटनाको मुचुल्का उठाउँदै गर्दा प्रज कोपिला फुयल हारगुहार गर्दै घटनास्थल पुगेको बताइन्छ । उनैले राजु आफ्नो श्रीमान रहेको दाबी गर्दै छोडिदिन अख्तियार टोलीसँग अनुनय गरेको प्रत्यक्षदर्शीले जनाएका छन् । थुनामा लैजाने भएपछि प्रज कोपिलाले नै राजुलाई कपडाहरु ल्याइदिएकी थिइन ।
अझ रोचक कुरा त के छ, भने इप्रकामा महिला सेलकै जिम्वेवारीमा रहेकी जवान कोपिला आफ्नै काम कर्तव्यबाट च्युत भएकी छिन् । महिला सेलले वहुविवाह, यौन दुराचारलगाएतका घटनामा पीडित महिलाको पक्षमा बहस पैरवी गर्ने गर्छ । अब उनले राजुकी जेठी श्रीमतीलाई के न्याय गर्छिन रु प्रश्न निरुत्तरित छ । श्रीमानसँग सम्बन्ध विच्छेद गरेर छोरीसँग रहदै आएकी प्रज कोपिलालाई राजुले नै उर्लाबारी ७ मा डेरा गरी राखेका थिए । एक प्रहरीले भने – सम्बन्ध पहिल्यै देखिकै हो । लिभिङं टु गेदर मात्रै होला भन्ने सोचेका थियौं । दुवैजनाले विवाह पो गरिसके छन् । इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक सुभाष राईले राजु र कोपिला पतिपत्नी रहेको स्वीकारे ।
मातहतका सिपाहीबीच नै अवैध सम्बन्ध रहेको खुलेकाले उनीहरुलाई कस्तो कारवाही हुन्छ रु भन्ने प्रश्नमा इन्सपेक्टर राईले भने जेठी श्रीमतीले उजुरी दिए दुवैलाई वहुविवाहको मुद्धा चलाउछौं । मुलुकको नयाँ अपराध संहिताले वहुविवाह गर्ने महिला पुरुष दुवैलाई एक वर्षदेखि ५ वर्षसम्म कैद र १० देखि ५० हजार रुपैयाँसम्म जरिवाना हुने र त्यस्तो विवाह स्वतः बदर हुने कानुनी व्यवस्था गरेको छ ।