• भोजपुर : अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) को विरोध गरेको भन्दै भोजपुरबाट प्रहरीले एकजनालाई पक्राउ गरेको छ।

    एमसिसीको विरोध गरेको आरोपमा भोजपुर नगरपालिका देउराली निवासी भीम इशारा राई र विदुर राईसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको हो। उनीहरुलाई बिहीबार भोजपुरको देउराली चोकबाट प्रहरीले गिरफ्तार गर्न खोजेको थियो। स्थानीयले प्रतिकार गरेपछि फर्किएको प्रहरीले उनीहरुलाई बिहीबारै राति उनलाई आफ्नो घरमै सुतिरहेको अवस्थामा पक्राउ गरेको हो।

    स्थानीयले डिएसपी नरबहादुर सलामी मगरलाई शान्तिपूर्ण प्रदर्शन गर्न दिन अपिल गरेका थिए। तर उनले एमसिसीको विरोधमा उत्रिनेलाई थुन्नै पर्ने भन्दै प्रहरी खटाएका थिए। स्थानीय सञ्चारकर्मी राजन सामपाङका अनुसार राईले देउराली चोकमा नो एमसिसी लेखिएको ब्यानर नै टाँगेका थिए।

    उनले सामाजिक सञ्जालमा पनि एमसिसीको विरोध जनाइरहेका बेला पक्राउ परेका हुन्। आन्दोलनमा उत्रिएकाले प्रहरी प्रसाशनले ज्यादति गरेको प्रतिक्रिया दिएका छन्। शान्तिपूर्ण रुपमा गरिएको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको गुनासो उनीहरुले गरेका छन्।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…