काठमाडौं, ३ माघ । चिनियाँ पर्यटक बोकेको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । ३१ जना घाइते भएका छन् । मृतकको सनाखत भएको छैन ।
भरतपुर महानगरपालिका १ रामनगरमा आज बिहान सवा ११ बजे दुर्घटना हुँदा २१ जना चिनियाँ पर्यटक सहित ३१ जना घाइते भएका हुन् ।
पोखराबाट सौराहा जानका लागि आउँदै गरेको बा १ प ७८३ नम्बरको पर्यटक बोकेको बस सोही दिशातर्फ गुडिरहेको लु २ ख ३३०५ नम्बरको ट्रकमा ठोक्किएको हो ।
ट्रकमा ठक्कर खाएपछि बस सडक छेउको स्थानिय होमबहादुर मगर घरमा ठोक्किन पुगेको थियो । घाइतेमध्ये दुई जना अवस्था गम्भीर रहेको छ ।
घाइतेको चितवन मेडिकल कलेज, पुरानो मेडिकल कलेज र भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।