काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सूचना प्रविधि विधेयक प्रति असन्तुष्ट छ । कांग्रेसले उक्त विधेयक प्रति आपत्ति जनाउँदै फिर्ताको माग राख्दै देशव्यापी विरोधपत्र बुझाउने भएको छ ।
कांग्रेसले ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत् आइतबार विधेयक फिर्ताको माग राख्दै सरकारलाई विरोध पत्र बुझाउने जनाएको छ ।
यसअघि पुस १७ गते बसेको केन्द्रीय कार्यसमिति बैठकले सूचना प्रविधि विधेयक तथा नेपाल विशेष सेवा गठन र सञ्चालनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकले संविधानप्रदत्त नागरिक अधिकार हनन् गर्न लागेको भन्दै पुस २८ गते जिल्ला प्रशासन कार्यालयहरुमार्फत सरकारलाई विरोध पत्र बुझाउने निर्णय गरेको थियो । तर, पार्टीको आन्तरिक विवादका कारण उक्त विधेयक बुझाउन नसेको कांग्रेसले आगामी आइतबार विरोध पत्र बुझाउन लागेको हो ।