• काठमाडौं, ३ माघ । नेपाली कांग्रेसमा पछिल्लो समय बढेको सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेल समूहको विवाद साँघुरिदैँ गएको छ ।

    विवाद समाधानका लागि दोस्रो तहका नेताहरु उपसभापति विमलेन्द्र निधि र पूर्वमहामन्त्री प्रकाशमान सिंह लागिरहेका छन् ।

    गत आइतबार सभापति देउवाले नेता पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई भेटी केन्द्रीय समितले बहुमतबाट गरेका निर्णय सच्च्याउन आफू तयार रहेको बताएपछि विवाद समाधानका लागि बाटो खुलेको हो ।

    केन्द्रीय कार्यसमितिले २०७७ मंसिर ९ गतेबाट अधिवेशन सुरु गर्ने निर्णय गरेको थियो । त्यसलाई अगाडि सारेर दसैं र तिहारकै बीचबाट अधिवेशन सुरु गर्नेगरी मिलाउने प्रयास भइरहेको छ ।

    स्रोतका अनुसार १४ औं महाधिवेशनको मिति यथावत राखेर मातहतका अधिवेशनको मिति सार्ने, महाधिवेशन प्रयोजनार्थ विधानका धारा निलम्बन गर्ने निर्णय सच्च्याउने र विभाग बढाउने निर्णयमा सहमति खेज्न देउवा तयार भएपछि सहमतिका लागि अनौपचारिक प्रयास सुरु भएको हो ।

    पौडेल र सिटौला समूहको बहिष्कारबीच सभापति देउवाले कार्यतालिकासहित १४ औं महाधिवेशनको मिति तोकेका थिए ।

    महाधिवेशन प्रयोजनार्थ विधानका धारा ४, ३५ र ५० का केही व्यवस्था खारेज, तरुण दलको म्याद ६ महिना थप्ने र पार्टीका विभागको संख्या २८ बाट बढाएर ४७ पु¥याउने निर्णय पनि देउवाले बुहमतबाट गरेका थिए ।

    विवाद समाधानमा सक्रिय एक नेताका अनुसार महाधिवेशन प्रयोजनार्थ विधानका धारा निलम्बन गर्ने निर्णय सच्च्याउन सभापति देउवा तयार भएका छन् ।

    विभाग बढाउने निर्णयमा पनि सहमति खोज्न संस्थापन तयार देखिएको छ ।

    देउवा पक्षीय केन्द्रीय सदस्य रमेश लेखकले नेताहरुबीचको आइतबारको छलफलपछि विवाद साँघुरिएको बताए । माघ ५ गतेभित्र सहमति बन्ने नेताहरु दावी गर्छन् ।

    पौडेल समूहका केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडूले पनि विवाद साँघुरिएको बताए ।

    गत मंसिर २६ गतेबाट सुरु केन्द्रीय कार्यसमिति बैठकको एजेन्डामा महाधिवेशनको कार्यतालिका समावेश नगरेको भन्दै बहिष्कार गरेको पौडेल र सिटौला समूहले पदाधिकारी र केन्द्रीय कार्यसमिति बैठक बहिष्कार गर्दै आएको छ ।

    पुस १७ गते बसेको राष्ट्रिय सभामा उम्मेदवार छान्ने एजेन्डा रहेको बैठक पनि असन्तुष्ट पौडेल समूहले बहिष्कार गरेका थिए । अभियान टाइम्सका साथमा ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…