• काठमाडौं । यो साता सुनको मूल्य स्थिर रहेको छ । अघिल्लो महिना अमेरिका र इरानबीचको द्वन्द्व चर्किएसँगै अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेपछि नेपाली बजारमा पनि अघिल्लो साताभर दिनहुँ सुनले नयाँ रेकर्ड कायम गरेको थियो ।
    यो साता भने मूल्यमा केही स्थिरता आएको छ । साताको पहिलो पुस २७ गते छापावाल सुनको मूल्य प्रतितोला ७५ हजार रुपियाँ पुगेको छ भने तेजाबी सुनको मूल्य ७४ हजार सात सय रुपियाँ पुगेको छ ।
    सोमबार उक्त मूल्यमा प्रतितोला दुई सय रुपियाँले कमी आएको थियो भने मङ्गलबार प्रतितोला एक हजार रुपियाँले कमी आएर ७४ हजार रुपियाँ प्रतितोलामा कायम हुन पुगेको थियो ।

    विवाहलगायत विभिन्न शुभकार्य सुरु हुने महिना माघ लागेपछि सुनको मूल्य क्रमशः बढ्न थालेको छ । माघको पहिलो दिन पहिलो र दोस्रो दिन ७४ हजार सात रुपियाँमा कारोबार भएको थियो । शुक्रबार यो मूल्यमा वृद्धि भएर ७४ हजार आठ सय रुपियाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
    सुनसँगै सेतो धातु चाँदीको पनि मूल्य वृद्धि भएको छ । माघको पहिलो दुई दिन ८८५ रुपियाँमा कारोबार भएको छ । शुक्रबार चाँदीको मूल्यमा पाँच रुपियाँले वृद्धि भएर ८९० रुपियाँमा कायम भएको छ ।

    यो साता डलरको तुलनामा भारतीय मुद्रा केही बलियो भएकाले सुनको मूल्य स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घका महासचिव धर्मसुन्दर वज्राचार्यले बताउनुभयो । शुभसाइतका सिजन शुरु भइसके पनि नेपाली सुन बजारमा चहलपहल भने हुनसकेको छैन । ग्राहक अझै केही दिन हेरौँ र पर्खौं भन्ने मानसिकतामा रहेको उहाँको भनाइ छ । गोरखापत्रबाट ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…